पोखरा । पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसनको पहलमा अटोमोवाइल व्यवसायी, कर्मचारी र मेकानिक्सलाई कोरोना विरुद्धको खोप प्रदान गरिएको छ ।
खोप प्रदान कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले खोप लगाएसँगै व्यवसाय सुचारु गर्ने वातावरण बन्ने र व्यवसायीलाई सुरक्षित भएर व्यवसाय संचालन गर्न आग्रह गरे ।
फ्रन्टलाइनमा बस्ने व्यवसायी, कर्मचारी र मेकानिक्सलाई खोप प्रदान गरिएसँगै काम गर्ने वातारवण सृजना भएको र आफुहरु सुरक्षित भएर व्यवसाय संचालन गर्ने एसोसिएसनका अध्यक्ष मोहनबाबु खड्काले बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख रमेश थापा, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइराला, पोखरा महानगरपालिका वडा नं ३ का वडा अध्यक्ष रविन्सन प्रजु, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अमिर बस्नेत लगायत सहभागी थिए ।
३ सय ८० जना व्यवसायी, कर्मचारी र मेकानिक्सलाई खोप प्रदान गरिएको संस्थाका कोषध्यक्ष तथा कार्यक्रम संयोजक शिव श्रेष्ठले जानकारी दिए ।
Comments are closed.