पोखरा । वाडा अटो शोलाई ‘एसटीसी ब्याट्री’ले साथ दिएको छ । एससिटी ग्रुपबाट नेपालमै उत्पादित ब्याट्री ब्राण्ड एससिटी राइड र एसटिसी इनर्जी ब्याट्रीले अटो शोलाई ‘पावर्ड बाई’मा प्रायोजन गरेर साथ दिएको हो ।
पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा)को आयोजना तथा नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको प्रिजेन्ट्समा पोखरामा अटो शो हुँदैछ । पर्यटनको राजधानी शहर पोखराको लेकसाइडस्थित तालबाराही चोकको नजिकै चौरमा यही चैत ११ देखि १५सम्म दोस्रो संस्करणको अटा शोे हुँदैछ । अटो शोको तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्था वाडाका अध्यक्ष दीपेन्द्र कोइरालाले जानकारी दिए ।
अटो क्षेत्रमा भित्रिएका नविनतम प्रविधिलाई नजिकबाट बुझ्न तथा विशेष छुटमा गाडीहरु खरिद गर्न अटो शो उपयुक्त स्थान बन्ने आयोजकको विश्वास छ । अटो शोको व्यवस्थापन ग्लोबल एक्स्पोजिसन एण्ड म्यानेजमेन्ट सर्भिस प्रालिले गरिरहेको छ ।

अटो शोको पावर्ड बाइमा जोडिएको एसटीसी ब्याट्री मकवानपुरको हेटौंडास्थित औद्योगिक क्षेत्रमा ‘एसटीसी इनर्जी इन्डष्ट्रिज प्रालि’मार्फत उत्पादन हुँदै आइरहेको छ । २१ रोपनी जग्गामा स्थापना भएको प्लान्टबाट नेपालमै अन्तर्राष्ट्रियस्तरको ब्याट्री उत्पादन हुँदै आइरहेको छ ।






Comments are closed.