पोखरा । नाडा अटोमाबाइल सोसिएसन अफ नेपाल (नाडा) र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा)को आयोजनामा पोखरामा हुने ‘वाडा अटो सो २०२५’लाई ग्लोबल आइएमई बैंकले साथ दिएको छ ।
पर्यटनको राजधानी शहर पोखरामा चैत १४ गतेदेखि १७ गतेसम्म संचालन हुने अटो शोमा ग्लोबल आइएमई बैंक बैंकिङ पार्टनर बनेको छ ।
ग्लोबल आइएमई बैंक अटो शोको बैंकिङ पार्टनर रहने गरी दुई पक्षबीच सम्झौता भएको वाडाका अध्यक्ष दीपेन्द्र कोइरालाले आर्थिक आवाजलाई जानकारी दिए ।
साथै कोइरालाले अटो शोमा साथ दिने सबैप्रति आभार व्यक्त गरेका छन् ।
Comments are closed.