वाडा अटो शो सम्पन्न, १ सय ५० भन्दा बढी गाडी बुकिङ

पोखरा । पोखरामा आयोजना गरिएको अटो शो सम्पन्न भएको छ । चैत १४ गते शुरु भएको अटो शो चैत १७ गते आइतबार सम्पन्न भएको हो ।

पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा)द्वारा पोखराको अमरसिंहचौरमा आयोजित अटो शोमा १ सय ५० भन्दा धेरै गाडी बुकिङभएको वाडाका महासचिव तथा प्रचारप्रसार संयोजक विनय थापाले जानकारी दिए । कतिपय डिलरहरुले गाडी डेलिभरीसमेत गरिसकेको र बुकिङ भएका गाडीहरु छिट्टै डेलिभरी हुने कम्पनीहरुले जनाएका छन् ।

अटो शोमा इभी गाडीहरुमा आकर्षण देखिएको थियो । यद्यपि आइस गाडीहरुमा पनि दर्शकहरुको चासो उत्तिकै रहेको थियो । अटो शोमा दुईपाँग्रे सेवारी बुकिङमा पनि आकर्षण देखिएको आयोजकको भनाइ छ ।

अटो शोमा विद्युतीय चारपाँग्रेतर्फ बिवाइडी, एक्स्पेङ, काई, दीपल, हुन्डाई, टाटा, एमजी, स्काइवेल, रिडारा, सेरेस, ओमोडा, जेको, सिट्रोन, जिकर, नामी, किया, लिपमोटरले स्टल राखेका राखेका थिए । आइसतर्फ टोयोटा, सुजुकी, किया, इसुजु, निशान, महिन्द्रा, लगायतका गाडीहरु थिए । हुन्डाईले इभीसँगै आइस गाडीलाई पनि सोकेस गरेको थियो । दुईपाँग्रेतर्फ एथर, टिभिएस, यामाहा, बजाज, ट्राइम्प, रोयलइन्फिल्ड लगायतका ब्राण्डले दर्शकलाई आकर्षित गरेका थिए ।

नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यतामा अटो शो समापन गरिएको हो । समापन कार्यक्रममा बोल्दै चौधरीले काठमाडौं बाहिर पहिलो पटक आयोजना गरिएको अटो शो सभ्य तथा भब्य रुपमा सम्पन्न भएको बताए । अटो शो सफल पार्न सहयोग पुर्याउने सम्पुर्णमा वाडाका अध्यक्ष दीपेन्द्र कोइरालाले आभार व्यक्त गरेका छन् । सवैको साथ र सहयोगले नै पोखरामा अटो शो सम्पन्न भएको हो, उनले भने ।

You might also like

Comments are closed.