गण्डकी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । देशमा स्थानीय वायुको आंशिक प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली रही गण्डकी प्रदेशको पहाडी भु–भागको केही स्थानमा मेघ गर्जन /चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यस्तै, मङ्गलबार देशका पहाडी भू–भागमा आंशिक बदली रही गण्डकी र कर्णाली प्रदेशका पहाडी भु–भागका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२.४ डिग्री तथा अधिकमत तापक्रम २९.८ डिग्री सेल्सियस रहेको छ ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम २.० डिग्री सेल्सियस र सबैभन्दा बढी जनकपुरको अधिकतम तापक्रम ३७.५ डिग्री सेल्सियस रहेको छ ।

You might also like

Comments are closed.