काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
हाल गण्डकी प्रदेशमा साधरणतया बादल लागेको छ भने देशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लागेको र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू–भागको थोरै स्थानहरूमा हल्कारवर्षा हिमपात भइरहेको महाशाखाले जनाएको छ ।
आज तराई भू–भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सुरकुहिरो रहने महाशाखाको पूर्वानुमान छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू९भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।




Comments are closed.