मौसमले मतदानमा असर पार्दैनः मौसम विज्ञान विभाग

काठमाडौं ।  जल तथा मौसम विज्ञान विभागले आगामी शनिबारसम्म देशभर मौसम सामान्यतया सफा रहने जनाएको छ ।

मंगलबार मुलुकका केही पहाडी भूभागमा आंशिक बदली देखिए पनि उल्लेखनीय वर्षाको सम्भावना नरहेको विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए । उनका अनुसार कोशी प्रदेशका ताप्लेजुङ र संखुवासभासहित गण्डकी प्रदेशको कास्की जिल्लाका एक–दुई स्थानमा भने छिटपुट वर्षा हुनसक्ने देखिएको छ, तर जिल्लाभर व्यापक वर्षा हुने अवस्था छैन ।

बुधबार पनि केही पहाडी क्षेत्रमा हल्का बदली रहने अनुमान गरिएको छ । गर्मीयाम सुरु भएसँगै दिउँसो तापक्रम बढ्ने र बेलुकातिर पहाडी क्षेत्रमा बादल विकसित भई छिटपुट वर्षा हुने मौसमी प्रवृत्ति देखिनसक्ने भए पनि यो साताभर वर्षा तथा हिमपातको कुनै सम्भावना नरहेको विभागले जनाएको छ ।

मौसमी गतिविधिका कारण मतदान प्रक्रियामा कुनै असर नपर्ने पनि मौसमविद् पौडेलले स्पष्ट पारे ।

You might also like

Comments are closed.