काठमाडौं । नेपालका लागि एमजी मोटर्सको आधिकारिक आयातकर्ता एवम् वितरक पारामाउन्ट मोटर्स प्रालि ले एमजी विन्डसर इभी सार्वजनिक गरेको छ । बुधबार एक कार्यक्रमकाबीच सो गाडी सार्वजनिक गरिएको हो । एमजी विन्डसर इभी एमजी विन्डसर इभी २ भेरियन्टमा उपलब्ध छ जसको शुरुवाती मूल्य ३७ लाख ९९ हजार रुपैयाँ रहेको छ भने अर्को भेरियन्टको मूल्य ३९ लाख ९९ हजार रहेको छ ।
भारतमा निर्मित यस गाडीले व्यवहारिकता, सुविधा र प्रिमियम डिजाइनलाई एउटै गाडीमा समेट्दै एमजीको इलेक्ट्रिक मोबिलिटी पोर्टफोलियो विस्तार गरेको छ। विन्डसर इभी थप स्पेस, थप कम्फर्ट र थप प्रिमियम फिचरसहित आएको छ । परिवार र व्यवसायिक व्यक्तिका लागि उत्तम विकल्प रहेको कम्पनीले जनाएको छ ।
यसमा १३५० रेक्लाइन हुने एरो-लाउन्ज सिटहरू, ६०४ लिटरको ठुलो बुट स्पेस, र १५.६ इन्चको ग्रान्डभ्यू टच डिस्प्ले रहेको छ, जसले गाडीभित्रको अनुभवलाई अझ उचाइमा पुर्याउँछ।
यसका साथै, विन्डसर इभीमा शक्तिशाली मोटर पावर रहेको छ जसले शहर र हाइवेको ड्राइभलाई सहज बनाउँछ। यसको ३८ पध ब्याट्रीले ३३२ किमी को भरपर्दो रेन्ज प्रदान गर्छ। वायरलेस चार्जिङ सुविधाले थप सहजता दिन्छ भने एप्पल र एन्ड्रोइड कारप्ले इन्टिग्रेशनले कनेक्टिभिटीलाई सहज बनाउँछ। प्रिमियम अपिल बढाउन यसमा लेदरेट सिटहरू र स्मार्ट फ्लश डोर ह्यान्डल पनि राखिएका छन्।
सुरक्षाका लागि यसमा ६ वटा एयरब्याग राखिएको छ, साथै यो क्ष्एटठ रेटेड भएको र ३९ वटा कडा सेफ्टी टेस्टहरू पार गरेको छ। ६ स्पिकर सिस्टमले गाडीभित्रको मनोरञ्जन अनुभवलाई अझ उत्कृष्ट बनाउँछ भने १८६ मिमि ग्राउन्ड क्लियरेन्सले सबै बाटोमा सहज र आत्मविश्वासी ड्राइभ सुनिश्चित गर्छ।
ग्राहकको मनोबल र भरोसा बढाउन, विन्डसर इभीमा ८ वर्षको ब्याट्री वारेन्टी रहेको छ। साथै, नेपालभर फैलिएको एमजीको डिलर नेटवर्कले बिक्री र सर्भिसमा उत्कृष्ट सेवा प्रदान गर्ने जनाइएको छ ।
एमजी मोटर्स नेपालका प्रवक्ता सुनील बहादुर क्षेत्रीले भने, “एमजी विन्डसर इभीले स्पेस, कम्फर्ट र प्रिमियम फिचरहरूलाई एउटै विद्युतीय यात्रा अनुभवमा समेटेको छ। हामी विश्वस्त छौं कि यसले नेपालमा इलेक्ट्रिक मोबिलिटीको नयाँ आयाम स्थापित गर्नेछ।”
पारामाउन्ट मोटर्स प्रालि ले सधैं उच्च गुणस्तरीय, नवप्रवर्तनयुक्त र दिगो अटोमोटिभ समाधानहरू उपलब्ध गराउने आफ्नो प्रतिबद्धता कायम राख्दै आएको छ। नेपालमा उपलब्ध अन्य एमजी गाडीहरूमा एमजी ४ इभी, एमजी कोमेट इभी, एमजी जेडएस इभी, र एमजी एस ५ इभी छन्।
Comments are closed.