काठमाडौं । सारथी विद्युतीय स्कुटरमा विन्टर अफर, रु १७ हजार सम्म नगद छुट नेपाली बजारमा लोकप्रियता हासिल गर्दै आएको सारथी ब्राण्डको विद्युतीय स्कुटरले यो चिसो मौसमलाई अझ उत्साहपूर्ण बनाउन ‘विन्टर अफर’ सार्वजनिक गरेको छ ।
अब ग्राहकहरूले सारथीका विभिन्न मोडेलका स्कुटर खरिद गर्दा अधिकतम रु। १७ हजारसम्मको नगद छुट पाउन सक्नेछन् । कम्पनीका अनुसार यो अफर सीमित अवधिका लागि मात्र उपलब्ध हुनेछ । यसको बजार मुल्य रु २ लाख १६ हजार भएतापनि यो अफर अन्तरगत अब जम्मा रु १ लाख ९९ हजारमा यो सारथीको इकुटर इ३ भन्ने मोडेलको स्कुटर खरिद गर्न पाइनेछ ।
वातावरणीय अनुकुलता र स्वदेशी उर्जाको उपयोगमा आधारित सारथी इकुटर ब्रान्डले नेपाली ग्राहकको बजेट, यात्रा आवश्यकताहरू र वातावरणीय जिम्मेवारीलाई ध्यानमा राख्दै स्कुटरहरू निर्माण गर्दै आएको छ । अबको यो अफरले मूल्यमा राहत मात्र होइन, विद्युतीय सवारीप्रतिको आकर्षण पनि थप बढाउने कम्पनीको विश्वास छ ।
कम्पनीका मार्केटिङ प्रमुख शंकर शर्माका अनुसार, “यो अफरले ग्राहकलाई विद्युतीय सवारी रोज्न थप प्रोत्साहन दिनेछ । हाम्रो उद्देश्य किफायती मूल्यमा आधुनिक, भरपर्दो र वातावरणमैत्री मोबिलिटी समाधान प्रदान गर्नु हो ।” सारथीका स्कुटरहरूमा उच्च गुणस्तरका ग्राफिन तथा लिथियम ब्याट्री, स्मार्ट डिस्प्ले, रेजेनेरेटिभ ब्रेकिङ प्रणाली र आधुनिक डिजाइन उपलब्ध छन् ।
यसमा १२ इन्चका ठुला ठुला टायर, डबल डिस्क ब्रेक, ३५ लिटरको बुट स्पेस लगायतका कारण यसले शहरभित्रको दैनिक यात्रा सहज बनाउँछ । साथै, पेट्रोलको बढ्दो मूल्य र प्रदूषणको समस्याबीच यो स्कुटर वातावरणमैत्री विकल्पका रूपमा स्थापित हुँदै गएको छ । विन्टर अफर अन्तर्गत ग्राहकहरूले नगद छुटसँगै विशेष फाइनान्स सुविधा पनि पाउनेछन् ।
कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थासँग सहकार्य गरी सजिलो किस्ताबन्दीमा स्कुटर खरिद गर्न सकिने व्यवस्था गरेको छ । साथै, प्रत्येक खरिदकर्तालाई एक वर्षको निःशुल्क सर्भिसिङ र विभिन्न कम्पोनेन्टहरुमा वारेन्टी पनि प्रदान गरिने बताइएको छ ।
नेपालभरका सारथी शो–रूम तथा अधिकृत विक्रेताबाट यो अफर प्राप्त गर्न सकिनेछ । यो अवसर सीमित समयका लागि मात्र उपलब्ध हुने भएकाले इच्छुक ग्राहकहरूलाई छिटो निर्णय गर्न कम्पनीले आग्रह गरेको छ ।
पर्यावरणमैत्री, स्टाइलिश र किफायती यात्रा चाहनेका लागि यो विन्टर अफर सारथी स्कुटरसँग आफ्नो नयाँ यात्रा सुरु गर्ने उत्कृष्ट मौका हुन सक्छ ।







Comments are closed.