काठमाडौं । वर्कसपहरुमा कार्यरत अटोमेकानिक तथा कर्मचारीहरुलाई हिडडुलका लागि सहजीकरण गर्न श्री नेपाल अटोमेकानिक्स व्यवसायी संघले आग्रह गरेको छ । जेठ २१ देखि राति ९ बजेदेखि बिहान ९ बजेसम्म वर्कसप खोल्ने व्यवस्था प्रशासनले गरेपनि व्यवसायी, अटोमेकानिक तथा कर्मचारीहरु हिडडुल गर्न समस्या भएको संघका अध्यक्ष राजकुमार विश्वकर्माले बताए ।
व्यवसायी तथा अटोमेकानिकहरु चढेको बाइक तथा गाडीहरु प्रहरीले समाएर होल्ड गरिदिदा वर्कसप सञ्चालनमा समस्या भएको उनले बताए । ‘वर्कसप खोल्ने व्यवस्था गरेपछि अटोमेकानिक तथा कर्मचारीलाई आइडी कार्डको आधारमा सहज रुपमा हिडडुल गर्ने व्यवस्था गनुपर्छ,’ उनले भने, ‘वर्कसपका लागि चाहिने सामान लिन जान तथा आउन सहज व्यवस्था गर्नतर्फ प्रशासनको ध्यान जानुपर्छ ।’
पसलमा नै जान नपाएपछि वर्कसप खोल्न दिनुको अर्थ नहुने उनले बताए । ‘अत्यावश्यक सेवाका सवारी साधन लगायत अन्य सवारी साधन मर्मत सम्भार गरिरहेका छौं,’ उनले भने, ‘व्यवसाय सञ्चालनका लागि सहज वातावरण बनाउन हामी अपिल गर्दछौं ।’
Comments are closed.