एम्बुलेन्स मर्मत गर्ने अटो मेकानिक्सले कहिले पाउँछन् खोप ?

देशभरका वर्कसप सञ्चालक र अटोमेकानिक्सलाई खोपको व्यवस्था गर्न माग

काठमाडौं । देशभरका अटो वर्कसपहरुमा कार्यरत अटोमेकानिक्स र व्यवसायीलाई कोरोना भाइरस विरुद्धको खोपमा प्राथमिकता दिन नेपाल अटोमेकानिक्स व्यवसायी संघले माग गरेको छ । देशभर रहेका ६० हजार जना व्यवसायी र अटोमेकानिक्सलाई तत्काल खोपको व्यवस्था गर्न संघले सरकारसँग माग गरेको हो ।

सरकारले खोपमा फ्रन्टलाइनरलाई प्राथमिकता दिदा अटो वर्कसप व्यवसायी र कार्यरत कर्मचारी तथा अटो मेकानिक्सलाई खोप नदिइनु अन्याय भएको संघका अध्यक्ष ठाकुर न्यौपाने बताउँछन् । ‘अत्यावश्यक सेवाका सवारी साधनहरुको मर्मत सम्भार हामीले गरिरहेका छौं,’ उनले भने, ‘एम्बुलेन्स, शव बहान, प्रहरी, डाक्टरको गाडी मर्मत गर्ने व्यवसायी र अटोमेकानिक्सले तत्काल खोप पाउनुपर्छ ।’

लकडाउन तथा निशेधाज्ञामा समेत अत्यावश्यक सेवाका गाडीहरुको मर्मतसम्भार अटो वर्कसपहरुले गरिरहेको बताउँदै न्यौपानेले अहिलेसम्म खोप प्राप्त नहुनु बिडम्बना भएको बताए । ‘हामी पनि फ्रन्ट लाइनर नै हौं,’ उनले भने ।

यसैबीच खोेपको मागसहित एसोसिएसनको टोलीले स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई भेटेर ज्ञापन पत्र बुझाएको छ । उक्त अवसरमा स्वास्थ्यमन्त्री तामाङले छिट्टै खोपको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको अध्यक्ष न्यौपानले जानकारी दिए । अध्यक्ष न्यौपानेसहित उपाध्यक्ष माधवबहादुर रिमाल, निवर्तमान अध्यक्ष दीपक खड्का लगायतको टोलीले ज्ञापनपत्र बुझाउँदै मन्त्री तामाङसँग तत्काल खोप उपलब्ध गराउन माग गरेका हुन् ।

देशभर १० हजार भन्दा बढी वर्कसप र काठमाडौं उपत्यकामा मात्रै एक हजार भन्दा बढी वर्कसप सञ्चालनमा रहेको न्यौपानले जानकारी दिए ।

footwear exchange
You might also like

Comments are closed.