काठमाडौं । पाकिस्तानमा ६० देखि ९० लाख मानिस गरिबीको रेखामुनि पुग्ने विश्व बैंकले प्रतिवेदन सार्वजनिक गरेको छ ।
विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा पाकिस्तानमा आएको बाढीका कारण ६० देखि ९० लाख मानिस गरिबीको रेखामुनि पर्न सक्ने बैंकले जनाएको छ ।त्यस्तै, पाकिस्तानको गरिबी दर २.५ देखि ४ प्रतिशत विन्दुले बढ्ने जनाएको छ ।
साथै, ८० लाख भन्दा धेरै मानिसहरु विस्थापित हुने आंकलन समेत गरिएको छ । यस वर्ष बाढीपहिरोका कारण त्यहाँ १७ सय जनाले ज्यान गुमाई सकेका छन् । विश्व बैंकले आर्थिक वर्ष २०२३ मा पाकिस्तानको मुद्रास्फीति २३ प्रतिशत रहने जनाएको छ ।
यसअवधिसम्म २० लाख घरमा क्षती पुगेको छ । बाढी सुरु हुनुभन्दा अगाडि नै पाकिस्तानले आर्थिक संकटको सामना गरिरहेको थियो ।
यसअघि एसियाली विकास बैंकले २२ करोड जनसंख्या भएको पाकिस्तानमा करिब २० प्रतिशत गरिबीको रेखामुनि बाँचिरहेको तथ्यांक सार्वजनिक गरिसकेको छ ।
Comments are closed.