ओटेफद्वारा महिला बन्दीलाई आवश्यक सामग्री हस्तान्तरण

पोखरा । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) १११ औ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा कास्की कारागारका महिला बन्दीलाई आवश्यक सामाग्री हस्तान्तरण गरेको छ ।

मन्चले कारागार परिसरमा एक कार्यक्रम गरि महिला बन्दी चौकिदार बिन्दु कुँवर र निमित्त कारागार प्रमुख तपरमणमालाई राइसकुकर पंखा र सेनिटरी प्याड लगायतका सामग्री बितरण गरेको हो ।

निमित्त प्रमुख पोख्रेलले २०२१ सालमा स्थापना भएको कारागार आजसम्म आइपुग्दा जुन रूपमा स्तरउन्नति हुनुपर्ने हो सो अनुसार हुन नसकेको बताए । अरु निकायमा जस्तो कारागारको पुर्वाधार बिकासमा राज्यले ध्यान दिन नसक्दा समस्या रहेको बताउँदै उनले कारागारलाई सुधार गृहको रूपमा बिकास गर्नु पर्ने धारणा राखे । कारागारको तीन ब्लकमा नौ सय ६ जना कैदी बन्दी मध्ये ७२ जना महिला रहेको पोखरेलले जानकारी दिए ।

कारागारमा विभिन्न संघ सस्थाले बन्दीका लागि आवश्यक सहयोग सामाग्री हस्तान्तरण गरेर सहयोग गर्दै आएको उनको भनाइ थियो ।
मञ्का अध्यक्ष पार्वती पाण्डेले जीवनमा जान अन्जानमा विभिन्न कसुर गरेर कानुन अनुसारको सँजाय भोगीरहेको महिला बन्दी सिमित श्रोत र साधनमा रहेको कारागार विभिन्न कठिनाइसँग जुध्नु परेको यथार्थ महिला बन्दी राखेको औल्याउँदै उनीहरुकै माग अनुसार सामग्री हस्तान्तरण गरेको बताइन् ।

कार्यक्रम मन्चका सस्थापक अध्यक्ष जमुना पराजुलीले संस्थाले महिलाको नेतृत्व तथा र नेतृत्व विकाससँगै सामाजिक उत्तरदायित्व बहन गर्दै महिला बन्दीलाई सहयोग गरेको बताइन् । महिला बन्दी चौकिदकार बिन्दु कुँवरले महिला बन्दिको आवश्यकता र मागलाई बुझेर सहयोग गरेकोमा धन्यवाद दिइन् । उनले जीवनमा गल्ती गरेर पछुताउनु भन्दा गल्ती गर्नु अघि सोच्न सके पछुताउनु नपर्ने धारणा राखिन् ।

संस्थाका सल्लाहकार पम्फा पहारी, सचिव ममता न्यौपाने लगायतले सस्थाको उद्घेश्य र महिला श्रमिक दिवसको महत्वमाथी भनाइ राखेकी थिइन् । कार्यक्रम संयोजक लक्ष्मि लामिछाने कार्यसमिति र सल्लाहकार सहभागी भई करीब ५० हजार बराबरको सामग्री हस्तान्तरण गरेको जानकारी दिइन् ।

You might also like

Comments are closed.