एसईईमा ४ जिपिए ल्याउने ३ जना विद्यार्थीले रोजे जेभियर इन्टरनेशनल कलेज

काठमाडौं । एसईई परीक्षामा उत्कृष्ट नजिता ल्याउने विद्यार्थीको रोजाईमा जेभियर इन्टरनेशनल कलेज परेको छ ।

काठमाडौंको कालोपुलमा रहेको यो कलेजलाई बिगतका वर्षहरुमा जस्तै यस वर्षपनि एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुले रोजेका हुन् ।

यस वर्ष एसईईमा ४ जिपिए ल्याउने विद्यार्थीहरु तारादेवी पाण्डे, सुमिना बम र प्रकृति श्रेष्ठले प्लस टु अध्ययनका लागि जेभियर इन्टरनेशनल कलेज रोजेको प्रिन्सिपल लोकबहादुर भण्डारीले जानकारी दिए ।

MANASLU

उत्कृष्ट जिपिए ल्याएका विद्यार्थीले जेभियर इन्टरनेशनल कलेज रोजेकोमा उनले विद्यार्थीलाई स्वागत गरेका छन् । कलेजले नेपालमै अन्तर्राष्ट्रियस्तरको उत्कृष्ट शिक्षा प्रदान गर्न सफल भएको छ ।

कलेजमा प्लसटु तर्फ साइन्स, म्यानेजमेन्ट, हुमानिटिज र लको पढाई हुन्छ ।

You might also like

Comments are closed.