जेरक्सको नयाँ मेसिन र नासिक्लाउड नेटवर्क स्टोरेज एक्सेस डिभाइस पोखरामा

पोखरा । जेरक्स ब्राण्डको गण्डकी क्षेत्रको आधिकारिक बिक्रेता प्रोफेसनल ट्रेडिङ हाउसले नयाँ भर्सनको मेसिन पोखरा भित्र्याएको छ । जेरक्स भर्सन्ट १८० प्रेस गण्डकी क्षेत्रमा बिक्री सुरुवात गरिएको प्रोफेसन ट्रेडिङ हाउसका सञ्चालक दुधमान गुरुङ (आशिष)ले जानकारी दिए ।

डिजिटल प्रेसका लागि उपयुक्त यो मेसिनबाट १३ बाई १९ साइज प्रिन्ट गर्न सकिन्छ । ‘३५० ग्रामको म्याक पेपरमा प्रिन्ट गर्न सकिन्छ,’ उनले भने, ‘ए फोर साइजको पेपरमा १ मिनेटमा ८० पेजसम्म प्रिन्ट गर्न सकिने क्षमता यो मसिनमा छ ।’

दुवै साइडबाट अटोमेटिक प्रिन्ट गर्न सकिने भएकाले यो मेसिन उपयुक्त रहेको गुरुङले बताए । ‘छोटो समयमा सर्टिफिकेट प्रिन्ट गर्न यो मेसिन उपयुक्त छ,’ उनले भने । जेरक्सका विभिन्न प्रकारका १० वटा मोडलका मेसिनहरु गण्डकी क्षेत्रमा बिक्री भइरहेको गुरुङले जानकारी दिए ।

त्यसैगरी, नासिक्लाउड नेटवर्क स्टोरेज एक्सेस डिभाइसलाई पनि प्रोफेसनल ट्रेडिङ हाउसले भित्र्याएको छ । यो डिभाइस जुनसुकै समयमा र जुनसुकै ठाउँबाट पनि ल्यापटप, कम्प्युटर तथा मोबाइलबाट डेटा, फोटा, भिडियो तथा फाइलहरु स्टोर गर्न सकिने गुरुङले जानकारी दिए । ‘सुरक्षित गरिएका डाटाहरु जुनसुकै समयमा निकालेर प्रयोगमा ल्याउन सकिन्छ,’ उनले भने ।

You might also like

Comments are closed.