नेपालमा शाओमीको ५ औं आधिकारिक मी स्टोर कलंकीमा

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा आफ्नो पाँचौं मी स्टोरको लन्च गरेको छ । कलंकीमा रहेकोे मी स्टोरले यस त्रैमासिकको अन्त्यसम्म मी स्टोरहरुको संख्यालाई दोब्बर गर्ने लक्ष्य राखेको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, “यो शाओमी नेपालका लागि एक विशेष माइलस्टोन हो । देशमा हाम्रो ५ औँ मी स्टोर संग, हामी देशमा एक सहज अफलाइन नेटवर्क निर्माणकोे लक्ष्य पूरा गर्नको लागी प्रयास जारी राख्नेछौं र हाम्रो मी प्रशंसकहरुको लागी सबै भन्दा राम्रो किनमेल अनुभव ल्याउन प्रयास गर्नेछौँ । हामी आशा गर्दर्छौं कि नेपालमा हाम्रा मी प्रशंसकहरु यस मी स्टोरमा जाननुहुनेछ र भर्खरै लन्च गरिएका उत्पादन धेरै भन्दा धेरै उपयोग गर्ने अवसर लिनुहुनेछ ।”

यो मोडलले शाओमीको नेपालमा नवीन रिटेल खण्डहरुको निर्माण गर्नको लागि ईमानदारीसंग अधिक मूल्य थप्ने उत्साहलाई झल्काउँदछ । आफ्नो प्रकारको पहिलो रहेको नयाँ मी स्टोरले निर्बाध रूपबाट आपूर्ति श्रृंखला प्रबंधनबाट उत्पादनको उपलब्धता र वितरण उपाय सम्म रिटेल प्रयासहरुलाई ब्रान्डको शासनको अधीनमा ल्याएर एकीकृत गर्दछ । शाओमी नेपालले यस स्टोरको हरेक रिटेलको प्रक्रियालाई निगरानी गर्दछ जस प्रकार पूर्ण ब्रान्डको पारदर्शितालाई सक्षम बनाउँदछ ।

jutta mela

यसको नतिजाको रूपमा, मी प्रशंसकहरुले अपार लाभ प्राप्त गर्दछन् । उनीहरु सीधा खुद्रा प्रक्रियाको प्रत्येक चरणमा ब्राण्डसँग अन्तरक्रिया गर्दछन् जसले गर्दा सबै अतिरिक्त कर्पोरेट तहहरु मेटिन्छन् । यसले मी प्रशंसकहरुलाई ब्रान्ड संग एक अधिक घनिष्ठ सम्बन्धको आनन्द लिनको लागी सशक्त बनाउँछ ।

You might also like

Comments are closed.