एप्पललाई पछाडि पार्दै शाओमीको ग्लोबल स्मार्टफोन मार्केटको दोस्रो स्थानमा

काठमाडौं । क्यानालिस, लिडिंग ग्लोबल मार्केट रिसर्च फार्मले आफ्नो दोस्रो त्रैमासिकको ग्लोबल स्मार्टफोन मार्केटको रिपोर्ट सार्बजनिक गरेको छ जसमा शाओमीले १७ प्रतिशत शेयर र ८३ प्रतिशत यर अन यर वृद्धिका साथ एप्पललाई पछाडि पारेर दोस्रो स्थानमा अग्रता लिएको छ ।

क्यानालिसले भने– शाओमीले अहिले आफ्नो व्यवसायको मोडेललाई च्यानल पार्टनर कन्सोलिडेसन र अधिक सावधानीपूर्वक व्यवस्थापन जस्ता पहलहरूको साथ च्यालेन्जरबाट इनकन्म्बेन्टमा रूपान्तरण गरिरहकोे छ । क्यानालिसले टिप्पणी गरे –शओमीको नयाँ लक्ष्य भनेको सामसङलाई विश्वको सबैभन्दा ठूलो विक्रेता बन्न बाट पछि पर्नु हो ।

शाओमीका संस्थापक अध्यक्ष तथा मुख्य कार्यकारी अधिकृत लेई जुनले सबै कर्मचारीहरूलाई लेखेको पत्रमा औंलाउदै भने, विश्वको नं .२ स्थानमा पर्न सफल हुनु शाओमीको इतिहासको महत्वपूर्ण माइलस्टोन हो । अत्यन्त कठिन परिस्थितिहरूमा पाँच वर्षको सेल्फ इम्प्रुभमेन्ट पछि, शाओमीको उत्पादन क्षमताहरूमा उल्लेखनीय सुधार देखिएको छ – उनीहरूले प्रीमियम मार्केट सेक्टरको लागि सही मार्ग निर्देशन देखाएका छन् र यसको मार्केट शेयरलाई बढाइरहेका छन् । शियाओमीले निरन्तर यसको मुख्य क्षमताहरू बलियो बनाउनेछ र दोस्रो स्थानको स्मार्टफोन ब्रान्डको रूपमा यसको अग्रतालाई कायम गर्नेछ ।

२०२० को चौथो त्रैमासिकमा शाओमीको ग्लोबल शिपमेन्ट ३१.५ प्रतिशतको यर अन यर वृद्धिका साथ पहिलोपटक एप्पललाई उछिन्दै तेस्रो स्थानमा पुगेर ४३.४ मिलियन युनिट पुगेको थियो । २०२१ को प्रथम त्रेमासिकमा १५ प्रतिशतको ग्लोबल स्मार्टफोनको मार्केट शेयरको साथ एप्पल दोस्रो स्थानमा उक्लियो जसलाई शाओमीले आफ्नो मार्केट शेयरको १४ प्रतिशतका साथ पछ्याएको थियो ।
शाओमीको ग्लोबल स्मार्टफोन सिपमेन्ट ६९.१ प्रतिशत यर अन यर वृद्धिका साथ ४९.४ मिलियन युनिटको थियो ।

शाओमीले आफ्नो पहिलो प्रीमियम फ्लगशिप मी १० सिरिजको सुरू गरेदेखि यो इमेजिंग, डिस्प्ले, चार्जिंग, स्मार्ट म्यानुफ्याक्चरिंग र अधिक जस्ता महत्वपूर्ण क्षेत्रमा लगातार इनोभेटिंग हुँदै आएको छ । शाओमीले प्रीमियम बजारमा सफलता हासिल गर्न, उपभोक्ताहरूलाई अत्याधिक अग्रणी प्रविधि ल्याउन, र उद्योगको दिशालाई आकार दिन सहयोग पु¥याएको छ ।

शाओमी बजारमा असंख्य उद्योगको अग्रणी प्रविधिहरू ल्याउनेमा पहिलो नम्बरमा पर्दछ । क्यामेरा टेक्नोलोजीमा कम्पनीले १०८–मेगापिक्सेल क्यामेरा, जीएन् २ क्यामेरा सेन्सर र एक इनोभेटिभ लिक्विड लेन्सको प्रस्तुत गरेको छ । शाओमीले आफ्नो पहिलो प्रीमियम फ्लगशिप मी १० सिरिज सुरू गरेदेखि यो इमेजिंग, डिस्प्ले, चार्जिंग, स्मार्ट म्यानुफ्याक्चरिंग र अधिक जस्ता महत्वपूर्ण क्षेत्रमा लगातार नयाँ हुँदै आएको छ । शाओमीले प्रीमियम बजारमा सफलता हासिल गर्न, उपभोक्ताहरूलाई अत्याधिक अग्रणी प्रविधि ल्याउन, र उद्योगको दिशालाई आकार दिन सहयोग पु¥याएको छ । शाओमीले ब्याट्री चार्जिंगमा पनि पहिलो पटक २०० वाटको वायर्ड चार्जिंग र १२० वाटको वायरलेस चार्जिंगका साथ नेतृत्व गरिरहेको छ । थप रूपमा, यसले पहिलो पटक ग्राफिन–आधारित लिथियम–आयन ब्याट्री र दोस्रो–जेनेरेशनको सिलिकन अक्सिजन ब्याट्रीहरू भित्राएको हो ।

थप रूपमा, शाओमीको स्मार्ट फ्याट्करीको पहिलो चरणले काम सुरु गरेको छ । यसको उत्पादन लाइनहरू अटोमेटेड छन् र प्रति वर्ष एक मिलियन हाई–एन्ड स्मार्टफोनहरू निर्माण गर्न सक्षम छन्

इनोभेशन शओमीको संस्कृतिको अंश हो र कम्पनीले आर एन्ड डीमा धेरै लगानी गर्दछ र अत्यन्त राम्रो प्रतिभालाई रेव्रmुट गर्दछ । शाओमीले २०२० मा आर एन्ड डीमा करीव आरएमबी १० अरब लगानी गरिसकेको छ, यस वर्ष यो संख्या ३०–४०% ले बढ्ने आशा गरिएको छ । २०२१ को शुरुआतमा, शियाओमीले आफ्नो इतिहासमा सब भन्दा ठूलो ईन्जिनियर रेव्रmुटमेन्ट ड्राइभको घोषणा ग¥योः एकै वर्षमा ५,००० इन्जीनियरहरू, जसले कुल कर्मचारीहरूको २०% ओगटेका हुनेछन् । शाओमीका लगभग ७०० युवा इन्जिनियरहरूलाई जुलाई महिनाको इन्सेन्टिभ प्लानको अनुसरण गर्दै १६ मिलियनको शेयर प्रदान गरिएको थियो ।

शाओमीको ग्लोबल एक्सपान्सनका साथै नयाँ खुद्रा च्यानलहरूको रूपान्तरणले कम्पनीलाई दोस्रो ठूलो स्मार्टफोन निर्माता बन्न मद्दत गर्न महत्वपूर्ण शक्ति बनेको छ । क्यानालिसको पछिल्लो ग्लोबल स्मार्टफोन डेटाका अनुसार, शाओमीले विदेशी बजारमा तीव्र गतिमा विस्तार गरिरहेको छ, ल्याटिन अमेरिकाको बजारमा ३०० प्रतिशत यर अन यरको वृद्धि, अफ्रिकामा १५०% यर अन यरको वृद्धि र पश्चिमी यूरोपमा ५० प्रतिशत भन्दा बढी यर अन यरको बृद्धि भएको छ । शाओमीको २०२० को त्रैमासिकको नतीजा अनुसार शाओमी स्मार्टफोनले विश्वभर १०० भन्दा बढी बजारमा प्रवेश गरिसकेको छ, १२ बजारमा स्मार्टफोन बजार शेयरको हिसाबले नम्बर १ र यूरोपमा नम्बर २ को स्थानमा रहेको छ । साथै, आईडीसी वल्र्डवाइड क्वार्टरली शिपमेन्ट्स ट्र्याकर, २०२०को चौथो त्रैमासिक अनुसार, शाओमी नेपाल फूल २०२० वर्ष साथै व्यक्तिगत रूपमा पहिलो त्रैमासिक, तेस्रो त्रैमासिक र चौथौ त्रैमासिककोे नम्बर १ स्मार्टफोन ब्रान्ड रहेको छ ।

You might also like

Comments are closed.