काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी १२ सी नेपाली बजारमा सार्वजनिक गरेको छ। रेड्मी १२सी, Mediatek Helio G85 प्रोसेसर द्वारा संचालित बजेट मैत्री स्मार्टफोन हो । रेड्मी १२ सीले गेमिङ, इमेजिङ र दैनिक प्रयोगमा उत्कृष्टता संगै सहजता प्रदान गर्दछ।
लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाज्युले भने, “रेड्मीमा हाम्रो उपभोक्ता नै हामीले गर्ने सबै कुराको केन्द्रबिन्दु हुन् जसले हामीलाई उचित मूल्यमा नवीनतम प्रविधि थप पहुँचयोग्य बनाउन प्रेरित गर्दछ । हामीले भर्खरै सार्वजनिक गरेको रेड्मी १२ सीले डिजाइनमा नयाँ स्तर ल्याएको छ । रेड्मी १२ सी स्मार्टफोनमा MediaTek Helio G85 chipset का साथ् साथै 5000mAh ब्याट्री जडान गरिएको छ ।”
शक्तिशाली पर्फोरमेन्सः अझ शक्तिशाली, अझ सहज :
Mediatek Helio G85 प्रोसेसरद्वारा संचालित, रेड्मी १२ सीले गेमिङ, इमेजिङ र दैनिक प्रयोगमा उत्कृष्ट प्रदर्शन र सहज अनुभव प्रदान गर्दछ । 6+5GB सम्म विस्तारित RAM र 1TB स्टोरेज एक्सटेन्सन भएको रेड्मी १२ सी छिटो र छरितो हुनुका साथै उत्तरदायी प्रतिक्रिया प्रदान गर्दछ, यससंगै तपाईंको मनपर्ने भिडियो, फोटो, संगीत र खेलहरूका लागि पर्याप्त स्टोरेज पनि प्रदान गर्दछ । रेड्मी १२ सी कोे छ,5,000mAh ब्याट्रीले तपाईंलाई कलिङ, गेमिङ र भिडियो प्लेब्याक सजिलैसँग पूरा दिन ब्याकअप दिने काम गर्दछ । न्यूनतम डिजाइनसंगै पछाडि पट्टि अवस्थित फिंगर प्रिन्ट सेन्सरले तपाईंको फोन अनलक गर्न छिटो, सजिलो र सुरक्षित बनाउद छ ।
डिजाइनको नयाँ स्तरः झन् रंगीन, अझै पृथक्
रेड्मी १२ सीको इमर्सिभ डिस्प्ले र अद्वितीय डिजाइनको साथ प्रतिस्पर्धाबाट अलग देखिने गरी डिजाइन गरिएको छ। ६.७१“ को ठुलो एचडी प्लस डिस्प्ले भएको रेड्मी १२ सीले तपाइँको मनपर्ने चलचित्र र खेलहरूलाई अझै जीवन्त रुप प्रदान गर्दछ। २०.६ः९ एस्पेक्ट रेसियो रहेको आकर्षक स्क्रिनले उत्कृष्ट अनुभवलाई सम्भव बनाउँदछ। साथै, रिडिङ मोडसंगै स्क्रिन नियाल्दा तपाईंको आँखाको सुरक्षा सुनिश्चित गर्दछ।
हरेक फोटोका लागि तयारः कुनै पनि दृश्य, कुनै पनि समयमा
५० एमपीको मेन क्यामेरा सहितको रेड्मी १२ सीले थप डिटेल र अधिक लाईट क्याप्चर गर्ने क्षमता राख्दछ, जसले तपाईंलाई कुनै पनि समय र अवस्थाहरूमा अविस्मरणीय क्षणहरू छुट्न बाट बचाउँदै, स्पष्ट रूपमा रेकर्ड गर्न समर्थ बनाउँद छ । उज्यालो शटहरू देखि रात्रि दृश्यहरू खिच्दा सम्म, शक्तिशाली एचडीआर र नाइट मोड क्षमताहरूले चुनौतीपूर्ण परिस्थितिहरूमा पनि स्पष्ट शटहरू खिच्न सक्षम बनाउँदछ ।
Comments are closed.