शाओमीले गर्यो नेपालमा रेडमी १० नोट प्रोको लन्च

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले शुक्रबार नेपालमा रेडमी नोट १० प्रो को लन्च गरेको छ । रेडमी नोट १० प्रो बेस्ट–इन–क्लास फिचर्सहरुका साथ जस्तै १०८ एमपी क्यामेरा, १२० हट्र्ज सुपर एमोलेड डिस्प्ले, क्वालकम स्न्यापड्रागन™ ७३२ जी, ईभोल डिजाइनका साथ उपलब्ध छ जसले टेक इनोभेसनको क्षेत्रमा नयाँ आयाम ल्याएको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर शौरभ कोठारीले भने, “देशमा पहिलो रेडमी नोटको शुरु भएदेखि नै नोट सिरिजले आफ्नो श्रेणीमा केही उच्च मापदण्ड राख्दै आएको छ जसमा हाम्रा उपकरणहरु मध्ये प्रिमिएम मूल्य क्षेत्रमा डि–फ्याक्टो विकल्पको रुपमा परिणत भएका छन् । रेडमी नोट सिरिजको हाम्रो १० औँ जेनेरेसनको प्रषेपणका साथ हामी टेक्नोलोजीको हरेक अंश जस्तै क्यामेरा, डिस्प्ले र प्रदर्शनलाई लिएर यस भागमा एक व्रmान्तिकारी परिवर्तन ल्याएको छौ ।”
उनले थपे, “रेडमी नोट १० को सुविधारु जस्तै १०८ एमपी क्यामेरा, १२० हर्ट्जको रिफ्रेस–रेट एमोलेड टेक्नोलोजीका साथ प्रदर्शन, नवीनतम क्वालकम स्न्यापड्रागन प्रोसेसर र अधिककासाथ हामी टेक्नोलोजी प्रजातान्त्रिकरण गर्दैछौँ । यी उपकरणहरुले (क) बेस्ट स्पेक्स (ख) हाईयेस्ट क्यवालिटी र (ग) अनेस्ट प्राईस साथ ब्रान्डको वचनलाई व्यक्तिगत गरेको छ। हामी विश्वस्त छौँ कि यी उपकरणहरुले उद्योगमा केही नयाँ बेन्चमार्कहरु सेट गर्ने छ ।”

रेडमी नोट १० प्रो एक क्वाड क्यामेरा सेटअपको साथ आउँछ जसमा १०८ एमपी प्राइमरी क्यामेरा, ८ एमपी अल्ट्रा वाइड लेन्स, ५ एमपी सुपर म्याव्रmो र २ एमपी डेप्थ सेन्सर उपलब्ध छ । फ्रन्ट क्यामेरा १६ एमपीको डिस्प्ले क्यामेरा हो जसमा सानो पञ्च होल बनाइएको छ र यसको व्यास मात्र २.९६ मिलिमिटर रहेको छ ।

jutta mela

रेडमी नोट १० प्रो मा १०८ एमपीको प्राइमरी क्यामेराको सुविधा छ । यो १०८ एमपी क्यामेरा सेन्सरको तेस्रो जेनेरेशन हो र यो डिजाइन गरिएको अहिले सम्मकै पातलो डिजाइन हो ।
म्याव्रmो क्यामेराको एक्सपेरियन्सलाई अर्को चरणमा लैजाँदै, रेडमी नोट १० मा ५ एमपी सुपर म्याव्रmो क्यामेरा सेन्सरको सुविधा रहेको छ। सुपर म्याव्रmो लेन्स म्याव्रmो लेन्समा इन्टिग्रेट गरिएको एक टेलीफोटो लेन्स हो ।

रेडमी नोट १० प्रो मा ८ एमपीको अल्ट्रा वाइड सेन्सर पनि छ जसले उपभोक्ताहरुलाई अविश्वसनीय अल्ट्रा वाइट शटहरु ११८ डिग्रीसम्मको पर्फेक्ट फिल्ड अफ भ्यु हेर्नको लागि मदत गर्दछ ।

मीयुआई क्यामेरालाई नयाँ युगको सोसियल मिडिया व्रिmएटसर्सहरुका लागि हुने गरि बनाइएको छ। यसमा विशेष सुविधाहरु छ जस्तै नाइट मोड २.०, भ्लग मोड, डुअल भिडियो, प्रो भिडियो मोड, म्याजिक क्लोन, लङ्ग एक्सपोजर मोड र अधिक मोडहरु जसले व्रिmएटर्सहरुलाई बेसिक स्मार्टफोन फोटोग्राफी बाहेक अन्य कार्यका लागि प्रयोग गर्न सहज बनाउँछ

रेडमी नोट १० प्रोमा १६.९ सेन्टिमिटर(६.६७)फुल एचडी+ सुपर एमोलेड डिस्प्ले, १२०० निट्सको पिक ब्राइटनेस,१२० हटर््जको रिफ्रेस रेट, १०० प्रतिशत डीसीआई–पी थ्री वाइड कलर ग्यामट र एचडीआर १० सपोर्टको प्रदर्शन रहेको छ ।

सुपर एमोलेड प्यानेलले १२० हट्र्जको रिफ्रेस रेटको प्रदान गर्दछ जसले पहिले रेडमी स्मार्टफोनमा कहिल्यै नदेखिएको भाइब्रेन्ट,स्मुथ र इन्ट्युटिभ एक्सपेरियन्सको प्रदान गर्दछ ।

रेडमी नोट १० सिरिजले सबै नयाँ इभोल डिजाइन भाषाको प्रस्तुत गर्दछ जसले रेडमी उपकरणहरुको समग्र्र डिजाइनमा आमूल परिवर्तन ल्याउँछ ।

रेडमी नोट १०प्रो मा इम्प्रुभ्ड हिट डेसिपेसन र अन इन्टरप्टेड गेमिङ्ग पर्पmमेन्सको लागि मल्टी–लेयर्ड ग्राफाइट सिटको सुविधा रहेको छ ।
रेडमी नोट १० प्रोमा ५०२० एमएएचको ब्याट्री सुविधा रहेको छ जसले सजीलै एक दिन भन्दा बढि र दुई दिन सम्मको मोडरेट युजेज सर्तहरुलाई पालना गर्दछ । यो ३३ डब्लु इन–बक्स फास्ट चार्जरको साथ पनि आउँछ जसले उपकरणलाई ३० मिनेटमा ० देखि ५९ प्रतिशतको ईन्धन दिन्छ उच्चतम गुणस्तरको स्तर कायम राख्दै रेडमी नोट १० प्रो मा कोर्निङ्ग गोरिल्ला ग्लास ५ रहेको छ जसले उपकरणलाई दुर्घटनात्मक झर्न र खरोच हुनबाट सुरक्षित राख्दछ ।
रेडमी नोट १० प्रो अथोराइज्ड मी स्टोर, अनलाइन र रिटेल पार्टनरहरुमा ३१ वैशाख २०७८ देखि नेपाली रु .३३,९९९ को सुपथ मूल्यमा उपलब्ध हुनेछ ।

You might also like

Comments are closed.