शाओमीले नेपालमा लन्च गर्यो पोको एक्स ३ प्रो

काठमाडौं । पोको, इन्डस्ट्रि रिडिफाइनिङ्ग स्मार्टफोन ब्रान्डले नेपालमा पोको एफ १ को प्रोफर्मेन्स लेगेसीलाई ध्यानमा राखेर आज आफ्नो लेटेस्ट स्मार्टफोन पोको एक्स ३ प्रोको लन्च गरेको छ । योङ्ग टेक र गेमिङ्ग इन्थुजियास्टका लागि टेलर मेड यो नयाँ लन्च गरिएको स्मार्टफोनले स्मार्टफोनको एक्सपेरियन्सलाई अन्बिलिभेब्ली फ्लुइड र पावरफूल बनाएर परिभाषित गरेको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर श्री सौरभ कोठारीले भने , “पोकोमा हामी हाम्रो उपभोक्ताहरुको आवश्यकता अनुरुप उत्कृस्ट टेक्नोलोजीको वितरण गर्ने प्रयास गर्दैछौँ । हाम्रो पहिलो फोन,पोको एफ १ ले बजारमा सबैभन्दा लामो समय लोकप्रियता हासिल गर्ने स्मार्टफोन भएर आजको मितिसम्म पफर्मेन्स च्याम्पियन बन्न सफल भएको छ ।”

उनले थपे , “प्रदर्शन लेगेसीलाई अगाडि बढाउँदै र जनवादीकरणको विश्वास अनुरुप बजारमा हामीले हाम्रो प्रयोगकर्ताहरुलाई
हाम्रो फ्ल्यागशिप सिरिजबाट पोको एक्स ३ प्रोको प्रस्तुत गरेका छौ । यो स्मार्टफोनको लन्चको साथ हामी अहिले सम्मकै सबैभन्दा शक्तिशाली स्मार्टफोनलाई नेपालमा नेपाली रु ४०,००० मा भित्राउँदै छौँ । फ्ल्यागशिप क्वालकम स्न्यापड्रागन ८६० द्वारा संचालित, पोको एक्स ३ प्रो ले यस्तो सुविधाहरु र प्रदर्शनहरु देखाउँछ जुन अहिले सम्म यस खण्डमा पहिले कहिल्यै देखिएको छैन ।

पोको एफ १ को पावर र प्रोफर्मेन्सको लेगेसीमा निर्मित पोको एक्स३ प्रो फ्ल्यागशिप प्रोसेसर, स्न्यापड्रागन ८६० र चिपसेटको साथ लन्च हुने पहिलो उपकरणको रुपमा प्रस्तुत भएको छ । यो ८ कोर चिपसेट ७ न्यानो मिटरको प्रोसेसिङ्ग टेक्नोलोजीको साथ उपलब्ध छ जसले उत्कृष्ट पीक ३प्रोफर्मेन्सको लािग २.९६ गिगाहट्र्जको अधिकतम फ्रीक्वेन्सीको प्रदान गर्दछ । शक्तिशाली एड्रेनो ६४० जीपियुको ग्राफिक्स प्रोसेसरले सुसज्जित यो उपकरणमा बिना कुनै अवरोध बजारमा उपलब्ध भएको सबै मेन स्ट्रिम गेम्सहरु रन हुन्छ । एनटुटु स्कोर ४९१०००+ का साथ उपलब्ध पोको एक्स ३ प्रो आफ्नोे सेग्मेन्टमा शक्ति र ३प्रोफर्मेन्सको क्षेत्रमा अनडिस्पूटेड किङ्ग हो ।
स्मुथ र सिमलेस स्मार्टफोनको एक्सपेरियन्सलाई मात्र प्रदान नगरी प्रो–ग्रेड सुविधाहरु र प्रविधिको प्रदान गर्दै गेमरको लागि डिजाइन गरिएको पोको एक्स ३ प्रो ले जेड– शकर ह्याप्टिक मोटरको मद्दतले आफ्नो शक्तिशाली ३प्रोफर्मेन्सका क्षमताहरुलाई पूरा गर्छ र प्रतिव्रिmयाहरुलाई कस्टोमाइज्ड भाइब्रेसन्सका साथ परिभाषित गर्दछ ।

सबैभन्दा राम्रो प्रस्ताव गर्न परिचित, पोकोले पोको एक्स ३ प्रो को साथ कुनै पनि कसर छोडेको छैन । मोर्डन हाई–रिफ्रेस रेट डिस्प्लेको वरपरको सम्बन्धि चिन्ताहरुलाई दर्शाउने लक्ष्यका साथ उपकरणले रियालिटी फ्लो १२० हट्र्जको रिफ्रेस रेटको साथ स्मार्ट डिस्प्लेको प्रस्तुत गर्दछ । यो एप्लिकेसनको कन्टेन्टको फ्रेम रेट भ्यारियाबिलिटीलाई बुझ्न र पढ्न सक्ने इन्टिलिजेन्ट डिस्प्ले हो जसले रिफ्रेस रेटलाई ५० हट्र्ज, ६० हट्र्ज, ९० हट्र्ज वा १२० हट्र्जमा आफै एट्जस्ट गर्छ जसले ब्याट्री बचाउँछ र आफ्नो स्मार्टफोनलाई पहिला भन्दा बढी पावर इफिसियन्ट बनाउन मद्दत गर्दछ ।

अनइन्टरप्टेड एज टु एज अवलोकनको अनुभवको लागि उपकरणमा १६.९ सेन्टिमिटर(६.६७) फूल एचडी+को डिस्प्ले २४००ह१०८०उ रेजोलुसनको साथ डट–टाइप बेजेल–लेसको समावेश गरिएको छ जसलाई फ्ल्यागशिप लेभल कर्निङ्ग गोरिल्ला ग्लास ६ ले सुरक्षित गरिएको छ ।

पोको एक्स ३ प्रोमा ४८ एमपी क्वाड क्यामेरा सेटअपमा कम्प्युटर भिजन इमेज सिग्नल प्रोसेसर, एफ÷१.७९ एपर्चरका साथ ४८ एमपीको प्राइमरी सेन्सर, एफ÷२.२ एपर्चर र ११८ डिग्री एफओभीको साथ ८ एमपीको अल्ट्रा वाइड एंगल क्यामेरा, २ एमपीको म्याव्रmो क्यामेरा र चित्रणको लागि डेप्थ सेन्सरहरु छन् जसले एक प्रभावशाली क्वाड क्यामेरा सेटअपलाई प्रस्तुत गर्दछ ।
यो उपकरणले ३०÷६० एफपीयसमा ४ के भिडियो रेकर्डिङ्गलाई समर्थन गर्दछ र कन्टेन्ट व्रिmएसन र सोसियल मिडियाको स्टोरिजको लागि उच्च क्वालिटी प्रदान गर्न स्मुथ भिडियो जुम, फोकस पिकिङ्ग र एई÷एएफ लक भ्लगमोडका साथ विभिन्न फिचर्सहरुलाई प्रस्तुत गर्दछ ।

पोको एक्स ३ प्रो विशाल ५१६० एमएएच ब्याट्रीको साथमा आउँछ जुन यसको क्याटेगोरीमा सबैभन्दा ठूलो ब्याट्री मध्यको एक हो । यो एमएमटी टेक, एक स्प्लिट चार्ज टेक्नोलोजीको साथ आउँछ जसले छोटो अवधिमा पनि राम्रो चार्जको समय प्रदान गर्दछ र लामो रनको लागि ब्याट्री हेल्थ साइकललाई सुरक्षित राख्छ ।

इमर्सिभ अडियो एक्सपेरियन्सलाई प्रस्तुत गर्दै, पोको एक्स ३ प्रोमा डुअल स्टेरियो स्पिकर रहेको छ र यो हाई–रेस अडियो हो जुन आप्टएक्स™ एचडीबाट प्रमाणित छ । यसले समग्रमा मल्टिमिडिया र इमर्सिभ गेमिङ्ग एक्सपेरियन्सको लागि ठूलो र स्पष्ट ध्वनी प्रदान गर्दछ ।

पोको एक्स ३ प्रो तीन वटा विविध रंगहरुमा उपलब्ध हुनेछः ग्राफाइट ब्ल्याक,स्टील ब्लु र गाल्डेन ब्रन्ज ।
यसको मूल्य रु ३१,९९९ (६ जीबी+१२८ जीबी ) र रु ३६,९९९ (८ जीबी+२५६ जीबी ) रहेको छ भने अथोराइज्ड स्टोरहरु, अनलाइन र रिटेल पार्टनरहरुमा जेठ ३ गतेदेखि उपलब्ध हुनेछ ।

You might also like

Comments are closed.