काठमाडौं। प्रख्यात गायक, संगीतकार तथा सांस्कृतिक आइकन कालीप्रसाद बास्कोटाले आफ्नो आधुनिक जीवनशैलीको महत्वपूर्ण हिस्साका रूपमा XPENG G6 इलेक्ट्रिक SUV रोज्नुभएको छ। यससँगै बास्कोटा XPENG G6 का आधिकारिक ब्रान्ड एन्डोर्सरसमेत बनेका छन्।
उनको यो छनोट नवप्रवर्तन, बौद्धिकता र भविष्यकेन्द्रित मोबिलिटीप्रतिको साझा दृष्टिकोणको प्रतीकका रूपमा हेरिएको छ । परम्परागत नेपाली संगीतलाई आधुनिक अभिव्यक्तिसँग सफलतापूर्वक जोड्दै आएका बास्कोटा परिवर्तनलाई आत्मसात् गर्दै मौलिक पहिचान जोगाइराख्ने नयाँ पुस्ताका सर्जकको प्रतिनिधि मानिन्छन् । XPENG G6 को छनोट पनि यही दर्शनसँग मेल खाने बताइएको छ ।
XPENG को अत्याधुनिक SEPA 2.0 प्लेटफर्म मा निर्माण गरिएको XPENG G6 ले स्लिक कुपे–SUV डिजाइन, इन्टेलिजेन्ट ककपिट र नेक्स्ट–जेनेरेसन प्रविधिमार्फत प्रिमियम इलेक्ट्रिक SUV सेग्मेन्टमा फरक पहिचान स्थापित गरेको छ । यो सवारीले व्यावसायिक दैनिकीदेखि व्यक्तिगत यात्रासम्म आत्मविश्वासपूर्ण, परिष्कृत र भविष्य–तयार ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।
उच्च क्षमताको ब्याट्री र अत्याधुनिक 800-भोल्ट चार्जिङ आर्किटेक्चर बाट सञ्चालित XPENG G6 ले WLTP मापदण्डअनुसार एक पटकको पूर्ण चार्जमा ४३५ किलोमिटरसम्मको ड्राइभिङ रेञ्ज प्रदान गर्छ । 190 kW क्षमताको इलेक्ट्रिक मोटर र 440 Nm टर्कसहितको यो प्रिमियम इलेक्ट्रिक SUV कुपेले उत्कृष्ट शक्ति र प्रदर्शन सुनिश्चित गर्ने बताइएको छ ।
डिजिटल ककपिट, ठूलो सेन्ट्रल टचस्क्रिन, भ्वाइस–इनेबल्ड कन्ट्रोल तथा एड्भान्स ड्राइभर–असिस्टेन्स सिस्टमले XPENG G6 लाई प्रदर्शन, आराम र प्रविधिको सन्तुलित संयोजन बनाएको छ। साथै, फास्ट–चार्जिङ क्षमता र फराकिलो तथा आरामदायी इन्टेरियरले यसलाई प्रिमियम इलेक्ट्रिक मोबिलिटीमा नयाँ मापदण्ड स्थापित गर्ने सवारीका रूपमा प्रस्तुत गरेको कम्पनीको भनाइ छ ।
शक्ति, प्रदर्शन र समग्र मूल्यको दृष्टिले यस मूल्य दायरामा यति उच्च मोटर क्षमता र प्रविधि प्रदान गर्ने अन्य प्रिमियम सेग्मेन्टका सवारी उपलब्ध नभएकाले XPENG G6 लाई बेस्ट–इन–क्लास विकल्पका रूपमा हेरिएको छ । सर्जनशीलता, प्रगति र दिगोपन रोज्नेहरूका लागि XPENG G6 प्रिमियम इलेक्ट्रिक मोबिलिटीको नयाँ परिभाषा बनेको छ ।




Comments are closed.