सरकारी नीतिहरुमा सुधार भएमा व्यवसायमा सुधार आउनसक्छ

यादवलाल श्रेष्ठ, सचिव, नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ

नेपालमा हेभी इक्विपमेन्ट व्यवसाय सञ्चालन गर्दा विविध समस्याहरुको सामना गर्न नेपाली व्यवसायीहरु बाध्य छन् । ती विविध समस्याहरु मध्ये सीमा क्षेत्रमा भारतीय हेभी इक्विपेमन्टबाट पनि भएको छ । भारतीय मेसिनलाई नेपाल भित्र्याएर निर्वाध काम गर्न दिनाले नेपाली व्यवसायी मर्कामा परेका छन् । विशेष गरी सीमा क्षेत्रमा यस्ता समस्या देखिएको छन् । भारतीय मालबहाक सवारीलाई जस्तै गरी हेभी इक्विपमेन्ट पनि आउन दिने गरिएको छ यसलाई अन्त्य गरिनुपर्छ ।

त्यसैगरी सरकारी नीतिका कारणले पनि निजी क्षेत्रले समस्या भोग्नु परेको छ । सरकारी नीति व्यवसायीमैत्री हुन सकेको छैन । महासंघले सरकारी नीति सुधारका लागि निरन्तर पहल कदमी लिइरहेपनि सरकारले त्यसको कार्यान्वयनमा खासै चासो दिएको देखिदैन । दोहोरो करको बाध्यतामा हामी छौं, जुन हुनै सक्दैन । बीमाको समस्या पनि भोग्नु परेको छ ।

त्यस्तै आर्थिक मन्दीले व्यावसायिक क्षेत्र निरुत्साहित बनेको छ । विकास निर्माणको कामले गति लिन नसक्दा हेभी इक्विपमेन्ट पनि बिना काम थन्किएर बस्नुपरेको अवस्था छ । पछिल्ला दिनहरुमा केही सुधार भएको होकि भन्ने आभास भएपनि पुरानै लयमा फर्किने अवस्था भने छैन ।

राज्यले दिनुपर्ने भुक्तानी निर्माण व्यवसायीलाई तत्काल दिने र निर्माण व्यवसायीमार्फत हेभी इक्विपमेन्ट व्यवसायीले पाउनुपर्ने भुक्तानी पनि तत्काल पाउनुपर्ने वातावरण बनाउन जरुरी छ । आगामी दिनमा सरकारले लिने नीतिहरुमा सुधार भएमा र विकास निर्माणको कामले गति लिएमा यो व्यवसायमा फेरी राम्रा दिनहरु आउन सक्ने आशामा हामी व्यवसायीहरु छौं ।

You might also like

Comments are closed.