नेपालमा याडियाः दशैंमा ओविन स्कुटर सार्वजनिक हुने

काठमाडौं  ।  याडियाको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रा।लि। ले नयाँ याडिया ओविन इलेक्ट्रिक स्कुटर नेपालमा चाँडै सार्वजनिक हुने घोषणा गरेको छ । आधुनिक प्रविधि र आकर्षक डिजाइनको संगम रहेको यो रेट्रो–मोडर्न स्कुटरले नेपाली सहरका सडकमा नयाँ अनुभव दिने कम्पनीले जनाएको छ ।

इटालियन–प्रेरित स्टाइलिङमा बनेको ओविनमा शक्तिशाली 2800W पिक मोटर, 72V 30Ah LFP ब्याट्री जडान गरिएको छ, जसले एक पटकको चार्जमा अधिकतम 105 किलोमिटरकिलोमिटर सम्मको दायरा प्रदान गर्छ । दैनिक शहरी यात्रालाई सहज बनाउन यसमा क्रुज कन्ट्रोल र रिभर्स मोड जस्ता आधुनिक सुविधा पनि समावेश गरिएको छ ।

कम्पनीका अनुसार, अन्य याडिया मोडेलझैं ओविनमा पनि ३ वर्ष वा ५०,००० किलोमिटर सम्मको वारेन्टी उपलब्ध हुनेछ। यसले स्कुटरलाई केवल सवारी साधन मात्र नभई, दीगो र आत्मविश्वासी मोबिलिटीको नयाँ युगको प्रतीक बनाउने कम्पनीको दाबी छ ।

याडिया ओविन यसै दशैंदेखि नेपालभरका कुजु नेपालको डिलर नेटवर्कमार्फत उपलब्ध हुने भएको छ। कम्पनीले आधिकारिक लोन्च कार्यक्रम चाँडै सार्वजनिक गर्ने जनाएको छ ।

You might also like

Comments are closed.