नेपालमा याडिया भेलक्स सिरिज सार्वजनिक, २० मिनेट चार्जमा ११० किमी रेञ्ज

काठमाडौं  ।  विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपाङ्ग्रे सवारी ब्रान्ड YADEA को नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रा. लि. ले आज ‘NAIMA नेपाल मोबिलिटी एक्स्पो २०२५’ मार्फत Yadea Velax Series को औपचारिक सार्वजनिक घोषणा गरेको छ। नयाँ श्रृङ्खलाले उच्च प्रदर्शन, स्मार्ट प्रविधि, र प्रयोगकर्तामैत्री सुविधामार्फत नेपाली बजारमा इलेक्ट्रिक मोबिलिटीको नयाँ युगको सुरुवात गरेको छ।

Velax Series अन्तर्गत तीन फरक मोडेलहरू सार्वजनिक गरिएका छन् । Velax U, Velax Fast Charging र Velax H। ‘Velax U’ मोडेल ४.९ किलोवाटको मोटर र डुअल लिथियम–आयन ब्याट्रीसहित १४० किमी सम्म रेञ्ज दिन्छ र ८० किमी प्रतिघण्टाको गतिको क्षमता राख्दछ। त्यस्तै, ‘Velax Fast Charging’ मोडेलले ३.२ किलोवाट मोटर र ७६V ब्याट्रीमार्फत २० मिनेटमै ८०% चार्ज भएर ११० किमी यात्रा गर्न सक्छ। ‘Velax H’ मोडेल दैनिक प्रयोगकर्तालाई लक्षित गरिएको हो, जसले १०० किमीको रेञ्ज दिन्छ।

यी स्कुटरहरूमा क्रुज कन्ट्रोल, रिभर्स मोड, की–लेस स्टार्ट, स्मार्ट अनलक, मोबाइल एप इण्टिग्रेसन, रेजेनरेटिभ ब्रेकिङ, USB चार्जिङ पोर्ट, LED लाइट, र फुली डिजिटल ड्यासबोर्ड जस्ता अत्याधुनिक सुविधाहरू उपलब्ध छन्। मोबाइल एपमार्फत स्कुटर ट्र्याक गर्न, चोरीविरुद्ध सचेत गराउने, र प्रविधिसम्बन्धी समस्याको पहिचान गर्न सकिनेछ।

Velax Series मा कम्पनीले ३ वर्ष वा ३०,००० किमी वारेन्टी दिने घोषणा गरेको छ। साथै, कुजु नेपालले देशभर १२ भन्दा बढी आधिकारिक डिलरहरूमार्फत टेस्ट राइड, प्रि-बुकिङ, र फाइनान्सिङ सुविधा पनि सुरु गरिसकेको छ।

कुजु नेपालका अनुसार, “Velax Series सँग नेपाली प्रयोगकर्ताहरूलाई अझ बढी शक्ति, प्रविधि र सुविधासँग सुसज्जित स्कुटर प्रदान गर्दैछौं। यो हरेक घरको आवश्यकतामा फिट हुन्छ।”

विश्वका १०० भन्दा बढी देशहरूमा ७ करोडभन्दा बढी प्रयोगकर्ताहरूको विश्वास जितिसकेको YADEA ब्रान्ड अब नेपालको सडकमा समेत आफ्नो उपस्थिति विस्तार गर्दैछ, जसले देशको दिगो र स्मार्ट मोबिलिटी यात्रालाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

You might also like

Comments are closed.