पोखरामा यामाहाको ‘स्पेयर्स पार्टस मिट’

पोखरा । यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले पोखरामा ‘याहामा स्पेयर्स पार्टस्’ मिट आयोजना गरेको छ । शुक्रबार सुरु भएको मिट शनिबारसम्म जारी रहनेछ ।

यामाहाका देशभर रहेका डिलरका स्पेयर्स पार्ट्स म्यानेजर तथा इन्चार्जहरुको कार्यक्रममा सहभागिता छ । यामाहाको डिलर देशभर सयवटा पुगिसकेका छन् । मिटमा सहभागी यामाहा स्पेयर्स पार्टस् म्यानेजर तथा इन्चार्जहरुलाई २ दिनसम्म स्पेयर्स पार्टस्को महत्व तथा म्यानेजमेन्टका सम्बन्धमा तालिम दिइने एमएडब्लु इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रले आर्थिक आवाजलाई जानकारी दिए ।

यामाहाका लागि नेपालको एकमात्र आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेज हो । बिक्री पछिको स्तरीय सेवा, स्पेयर्स पार्टस्को सहज उपलब्धता लगायतका विशेषताका कारण यामाहाको बिक्री नेपाली बजारमा राम्रो रहेको कम्पनीले जनाएको छ ।

jutta mela

You might also like

Comments are closed.