पोखरा । यामाहाले पोखरामा सर्भिस वर्कसप सम्पन्न गरेको छ । देशभर रहेका यामाहा मोटरसाइकल तथा स्कुटरका डिलरबाट वर्कसप इन्चार्ज तथा म्यानेजरहरुको सहभागितामा कार्यक्रम भएको हो । पोखराको कुटि रिसोर्टमा शुक्रबार र शनिबार २ दिनसम्म वर्कसप चलेको यामाहाको आधिकारिक बिक्रेता एम.ए.डब्लु. इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले जानकारी दिए ।
कार्यक्रममा १ सय ३० जनाको सहभागिता रहेको थियो । यामाहाका बाइकहरु तथा स्कुटर सर्भिसिङ गर्दा ध्यान दिनुपर्ने कुराहरुको जानकारी गराउँदै पछिल्लो समय विकसित नयाँ–नयाँ प्रविधिमा अपडेट गराउनका कार्यक्रम निकै प्रभावकारी भएको सहभागीहरुले बताए ।
सर्भिसिङको सिस्टम तथा प्रोसेसमा ध्यान दिदै सर्भिसलाई अझै बढी गुणस्तरीय बनाउन यामाहा प्रतिबद्ध रहेको क्षेत्रीले बताए । ‘ग्राहकलाई स्तरीय सेवा दिनुपर्छ भन्ने हाम्रो मान्यता हो,’ उनले भने, ‘बिक्री पछिको सेवा सधैं हाम्रो पहिलो प्राथमिकतामा पर्दै आइरहेको छ ।’
यामाहाका आधिकारिक डिलरहरु देशभर १ सय १ वटा र सर्भिस सेन्टर पनि १ सय १ वटा रहेका छन् ।
Comments are closed.