यामाहाले ल्यायो ‘भ्यालेन्टाइन अफर’

काठमाडौं । लोकप्रिय टु ह्विलर ब्राण्ड यामाहाले ‘भ्यालेन्टाइन अफर’ ल्याएको छ । यामाहाको लागि नेपालको एक मात्रै आधिकारिक बिक्रेता एम.ए.डब्लु. इन्टरप्राइजेजले यामाहाका स्कुटर खरिदमा लागु हुने गरी अफर ल्याएको प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले जानकारी दिए ।

अफर अन्तर्गत ‘स्योर सट क्यास डिस्काउन्ट’ अन्तर्गत यामाहा स्कुटर खरिदमा ७ हजार रुपैयाँ नगद छुट प्राप्त हुनेछ । त्यस्तै प्रिटिक्लिक कस्मेटिकबाट ३ हजार रुपैयाँको गिफ्ट भौचर प्रदान हुनेछ । प्रत्येक महिना ३ हजार ५ सय ६२ रुपैयाँ किस्तामा स्कुटर चढ्ने अवसर ग्राहकले प्राप्त गर्नेछन् ।

यामाहाका सबै स्कुटरमा लागु हुने यो अफर सीमित अवधिसम्म मात्रै लागु हुनेछ । समयमा नै स्कुटर बुकिङ गरी अफरको लाभ लिन प्रालिले आग्रह गरेको छ ।

बिक्री पछिको सेवालाई प्राथमिकतामा राख्दै नेपाली बजारमा यामाहाका स्कुटर तथा मोटरसाइकल बिक्री भइरहेको क्षेत्रीले जानकारी दिए ।

lcci
You might also like

Comments are closed.