यामाहाको महा एक्स्चेन्ज मेला भृकुटीमण्डपमा वैशाख १५ देखि २२ गतेसम्म

काठमाडौं । यामाहाको महा एक्स्चेन्ज मेला हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा वैशाख १५ देखि २२ गतेसम्म महा एक्स्चेन्ज मेला हुने यामाहाको आधिकारिक बिक्रेता एम.ए.डब्लु. इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले जानकारी दिए ।

बजारमा उत्साह ल्याउने मुख्य उद्देश्यसहित महा एस्क्चेन्ज मेला आयोजना गरिएको क्षेत्रीले बताए । ‘दसैं तिहार पछि बजारमा ठूला कार्यक्रम भएका छैनन्,’ उनले भने, ‘हामीले अहिले आयोजना गरेको मेलाबाट बजारमा नयाँ उत्साह आउनेछ र अर्थतन्त्र चलायमान बनाउन सहयोग मिल्नेछ ।’

मेलामा यामाहाका १६ सय वटा बाइक तथा स्कुटर बिक्री गर्ने आयोजकको लक्ष्य छ । काठमाडौंस्थित यामाहाका सबै डिलरहरुले मेलामा स्टल राख्नेछन् । जहाँ एमआइबिएल इन्भेष्टमेन्ट कम्पनीको स्टल पनि रहनेछ । उक्त कम्पनीले सरल तथा सहज रुपमा फाइनान्स सुविधा उपलब्ध गराउनेछ ।

jutta mela

त्यस्तै मेलामा एकैदिन ५ सय वटा ‘एमटी १५’ मोटरसाइकल ग्राहकलाई हस्तान्तरण गरिने भएको छ । बुकिङ गरेका ग्राहकलाई एकै दिन वैशाख १६ गते मेलाबाटै यो बाइक हस्तान्तरण गर्ने कार्यक्रम राखिएको हो । उपत्यका बाहिर पनि ५ सय वटा एमटी १५ हस्तान्तरण हुनेछ । बहुप्रतिक्षित एमटी १५ नेपाली बजारमा धेरैले कुरिरहेका छन् । यो बाइकले आगामी दिनमा आक्रामक रुपमा बजार विस्तार गर्ने विश्वास गरिएको छ ।

मेलामा सहभागीहरु मध्येबाट लक्की ड्रका आधारमा हरेक दिन एक जनाले माउन्टेन फ्लाइटको अवसर प्राप्त गर्नेछन् । एक्स्चेन्ज गर्र्दा पुरानो बाइकको मूल्यमा थप १० हजार रुपैयाँ अतिरिक्त मूल्यांकलन हुने जनाइएको छ । जुनसुकै ब्राण्डको बाइक मेलामा एक्स्चेन्ज हुने कम्पनीले जनाएको छ । फ्रि सर्भिस चेकअप एण्ड वास, राइडिङ कम्पिटिसन, डोर प्राइज एण्ड डेली क्विज लगायतका गतिविधि मेलामा हुनेछन् ।

You might also like

Comments are closed.