यामाहाका देशभरका शोरुममा ‘एक्स्चेन्ज एण्ड अपग्रेड’ अफर

काठमाडौं । नेपालमा यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइेजेजले ‘एक्स्चेन्ज एण्ड अपग्रेड’ अफर सुरु गरेको छ । भदौ ८ गते सुरु योजना १३ गतेसम्म जारी रहने कम्पनीले जनाएको छ ।

देशभरका शोरुममा यो अफर जारी छ । पुरानो मोटरसाइक तथा स्कुटर एक्स्चेन्ज गरी जापानीज एफआई प्रविधिको यामाहा मोटरसाइकल तथा स्कुटर एक्स्चेन्ज गरी अपग्रेड हुने अवसर ग्राहकले पाउने कम्पनीले जनाएको छ ।

एक्स्चेन्ज गर्दा कुनैपनि ब्राण्डको बाइक वा स्कुटरको बजार प्रचलित मुल्याङ्कन भन्दा थप १५ हजार रुपैयाँ मूल्यांकलन हुने बताइएको छ । नगद छुट ७ हजार रुपैयाँ ग्राहकले प्राप्त गर्नेछन् भने एसेसरिज निःशुल्क उपलब्ध हुनेछ । बिक्री पछिको सेवालाई प्राथमिकतामा राख्दै याहामाले देशभरका शोरुमबाट मोटरसाइकल तथा स्कुटर बिक्री गरिरहेको छ ।

MANASLU

आकर्षक लुक्स, राम्रो प्रविधि, उच्चतम माइलेज लगायतका विशेषता भएकाले यामाहाप्रति ग्राहकको आकर्षण रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रले बताए ।

You might also like

Comments are closed.