नाडा अटो शोमा यामाहा डब्लुआर १५५ आर एडभेन्चर बाइक र एमटी–१५ भर्सन २ को अनावरण

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सुरु भएको नाडा अटो शो २०२४ को उद्घाटनको दिन यामाहाको एडभेन्चर बाइक यामाहा डब्लुआर १५५ आरको साथै एमटी–१५ भर्सन २ अनावरण भएको छ । एरोक्स, यामाहा एपÞm जेड एस डिलक्सका प्रदर्शन पनि गरिएको छ । प्रदर्शनीमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको हातबाट बाइक अनावरण गरिएको हो ।

यामाहाको स्टल रहेको इभेन्टको स्टल एमएम १५ मोटरसाइकल पारखी र उत्साहीहरूका लागि आकर्षक बनेको छ ।

शोको उद्घाटनकै दिनमा लन्च गरिएको यामाहा डब्लुआर १५५ आर अफ–रोड एडभेन्चर सेगमेन्टमा गेम चेन्जर बाइक हो । १५५ सीसी लिक्विड कूल्ड इन्जिन रहेको यसले प्रभावशाली १६.५ बीएचपी र १४.३ एनएम टर्क प्रदान गर्छ । जसले जुनसुकै भूभागमा यात्रा गर्नका लागि एजिलिटीसँग शक्तिको संयोजन गर्छ । यामाहाको डब्लूआरसी बाइकहरूबाट प्रेरणा लिएको डब्लूआर १५५ आरमा हल्का तौलको फ्रेम, एडजस्टेबल सस्पेन्सन, डुअल–च्यानल एबीएस र आधुनिक डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर समावेश छ जसले यसलाई शहरी राइडरहरू र अफ–रोड एडभेन्चर दुवैका लागि उपयुक्त बनाउँछ ।

एमटी–१५ भर्सन २ मा उत्कृष्ट विशेषताहरू समावेश छन्, जसमा सुधारिएको स्थिरताको लागि अपसाइड डाउन फ्रन्ट फोर्कहरू, उच्च चपलताका लागि हल्का एल्युमिनियम स्विङ आर्महरू र फरक आरपीएममा उत्कृष्ट शक्ति वितरणको लागि भेरिएबल भल्भ एक्टुएशन समावेश छन्। यसमा राम्रो नियन्त्रणका लागि ट्र्याक्सन कन्ट्रोल सिस्टम, सुरक्षित ब्रेकिङका लागि डुअल च्यानल एबिएस र वाई(कनेक्ट फिचर समावेश गर्दछ, जसले सवारहरूलाई स्मार्टफोन मार्फत उनीहरूको बाइकसँग जडानमा राख्न सक्षम बनाउँछ।

कार्यक्रममा यामाहा बुकिङ गर्ने ग्राहकलाई ६ हजार रुपैयाँ विशेष छुटको साथै चाँदीको सिक्का र विशेष यामाहा मर्चेन्डाइजबाट पुरस्कृत गरिएको छ।

lcci
You might also like

Comments are closed.