यामाहाद्वारा काठमाडौंमा क्षेत्रीय रिजनल सेल्स स्किल्स प्रतियोगिता आयोजना

काठमाडौं । यामाहा नेपालले काठमाडौंमा आफ्नो रिजनल सेल्स स्किल्स कन्टेस्ट सम्पन्न गरेको छ । बिक्री विशेषज्ञता र उत्पादन ज्ञानमा उत्कृष्टताको उत्सव मनाउने क्रममा काठमाडौंका सोमबार आयोजित प्रतिष्पर्धामा यामाहाका विभिन्न डिलरशिपहरूबाट ११ जना शीर्ष प्रदर्शन गर्ने बिक्री परामर्शदाताहरूको सहभागिता थियो ।

प्रतियोगिताको लागि योग्य हुन सहभागीहरूले अटो बेसिक, प्रोडक्ट र सलेस प्रोसेस प्रशिक्षण र त्यसपछि यी क्षेत्रहरूमा उनीहरूको दक्षता मूल्याङ्कन गर्ने प्रतिस्पर्धात्मक परीक्षण पूरा गरेका थिए । सबैभन्दा कुशल प्रतिनिधिहरूले मात्र भाग लिने सुनिश्चितताका लागि प्रत्येक डिलरशिपबाट उच्चतम स्कोर गर्ने बिक्री सल्लाहकारले मात्र यस प्रतिष्ठित प्रतियोगितामा स्थान पाएका थिए ।

प्रतियोगितामा विकास रंजितकार, द व्हील्स प्रा.लि., सल्लाहघारी विजयी भएका छन् । कुश्मा देवकोटा, एमएडब्लू प्रा.लि , बल्खु फस्ट रनर–अप हुँदा सुमित महर्जन, गोर्खा मनकामना अटो इन्टरप्राइज, रातोपुल सेकेण्ड रनर–अप भए ।

प्रतियोगितामा काठमाडौंका यामाहा डिलरसिप र शोरुमहरुको उत्साहजनक सहभागिता थियो । सबै प्रतियोगीहरूले आफ्नो ज्ञान र सीप प्रदर्शन गर्दै शीर्ष उपाधिको लागि प्रयास गरेका थिए। सहभागीहरू मध्ये बिजेताहरूले अब नेसनल सेल्स स्किल्स कन्टेस्टमा प्रतिस्पर्धा गर्न पाउनेछन् ।

उक्त कार्यक्रममा यामाहा नेपालका कार्यकारी निर्देशक र प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले बिजेता, पहिलो रनर–अपर दोस्रो रनर–अपलाई ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए । यामाहा सधैं आफ्नो टिमका सदस्यहरूलाई उत्कृष्ट हुन आवश्यक पर्ने सीप र ज्ञानले उनीहरूलाई सशक्त बनाउन सक्रिय रहेको उनले बताए । ‘प्रतियोगिताले सहभागीहरूको विशेषज्ञता बढ्ने मात्र नभई निरन्तर सिक्ने र उत्कृष्टताको संस्कृतिलाई बढावा मिल्ने मैले विश्वास लिएको छु,’ उनले भने ।

प्रतियोगिता यामाहाको क्षेत्रीय बिक्री प्रतियोगिताको केवल सुरुवात मात्र भएको र अन्य क्षेत्रहरूमा पनि चाँडै नै यस्तै कार्यक्रमहरू गर्ने योजना रहेको जनाइएको छ ।

lcci
You might also like

Comments are closed.