भृकुटीमण्डपमा यामाहा ब्लु फेस्टको उद्घाटन, अफर नै अफरको अवसर

काठमाडौं । दुई पांग्रे एक्स्चेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ शुरु भएके छ । काठमाडौंको भृकुटीमण्डपमा भव्य समारोहका साथ बिहीबार फेस्टको शुरुवात गरिएको हो ।

सप्ताहव्यापी उत्सवको उद्घाटन एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवाल र एमएडब्लु राइड्सका सीईओ तथा कार्यकारी निर्देशक दीपक कुमार अग्रवालले संयुक्त रूपमा गरेका हुन् । कार्यक्रममा यामाहा डिलर प्रतिनिधिहरु, कर्मचारीहरु, सञ्चारकर्मीहरु र ग्राहकहरूको उपस्थिति थियो ।

चैत २८ देखि वैशाख ३ गतेसम्म चल्ने फेस्टमा कुनैपनि ब्रान्डको मोटरसाइकल वा स्कुटर सहज रूपमा एक्स्चेन्ज गर्न सकिने विशेष अवसर प्रदान गरिएको सिइओ अग्रवालले जानकारी दिए ।

यस्ता छन् विशेष अफरहरुः
– कुनैपनि ब्रान्डको कुनै पनि बाइक साटफेर गर्न सकिने ।
– कुनैपनि यामाहा बाइक वा स्कुटरमा रु. ५०,००० को मिनिमम भ्यालुएसन ।
– अन्य कुनै पनि ब्रान्डमा रु. २५,००० न्यूनतम मूल्याङ्कन (ट्याक्स क्लियरेन्स अनिवार्य) ।
– एक्स्चेन्जमा अतिरिक्त रु. १०,००० मूल्याङ्कन बोनस ।
– कुनै ग्यारेन्टर आवश्यक नपर्ने गरी ७.९९% को फाइनान्सिङ ।
– यामाहा थ्रिल अफ थ्री योजनाको साथ रु. १,००,००० सम्म नगद छुट ।
– थ्रिल अफ थ्री विज्ञापन सेयर गरी रु. १,००० जित्ने अवसर ।
– विज्ञापनको स्क्रिनसट देखाई रु. ५०,००० सम्म नगद छुट जित्ने अवसर ।
– यामाहा खरिद गरी रु. १,००,००० सम्म नगद छुट जित्ने अवसर ।

बाइक बाहेकका आकर्षणहरूः
– डुअर प्राइजमा स्मार्ट हेलमेटहरू जित्ने मौका ।
– कुनैपनि यामाहा मोडेलको टेस्ट राइड गरेर रोमाञ्चक उपहारहरू घर लैजाने अवसर ।
– गेमिङ जोन – एक्शन–प्याक फन र प्रतियोगिताहरू ।
– फेस पेन्टिङ ।
– महेश काफ्ले र अस्मिता अधिकारीको प्रस्तुति ।
– फ्री एक्सेसरिज ।

त्यस्तै अन्य लाभहरु पनि समावेश हुने कम्पनीले जनाएको छ । प्रदर्शनीमा यामाहाका विभिन्न लोकप्रिय मोडेलहरु प्रस्तुत गरिएका छन् । नेपालकै सबैभन्दा बढी माइलेज दिने स्कुटर रेडेडआर १२५ एफआइ हाइब्रिड (एआरएआई) प्रमाणित ७१.३३ किमि÷लिटर) प्रमुख आकर्षण रहने बताइएको छ । आर१५ भि४, एमटि–१५ भि२, एरोक्स १५५, एफजेड भी३ सेरिज, र डब्लुआर १५५ आर जस्ता मोडेलहरू पनि प्रदर्शनीमा राखिएका छन् । यी मोडलहरुले सहरी सवारीसाधन खोज्ने ग्राहकदेखि अफ–रोड रोमाञ्चक यात्रा मन पराउने सवारी प्रेमीसम्म सबैका आवश्यकता पुरा गर्ने कम्पनीको दावी छ ।

‘यामाहा ब्लु फेस्ट’ ले एक्सचेन्ज अफर मात्र नभई, सवारी संस्कृति, प्रविधि र यामाहा समुदायको उत्सवको रूपमा आफ्नो स्थान बनाएको बताइएको छ । ‘यदि तपाईं आफ्नो सवारी अपग्रेड गर्न खोज्दै हुनुहुन्छ वा रमाइलो महोत्सवको हिस्सा बन्न चाहनुहुन्छ भने, यो हप्ता भृकुटीमण्डप तपाईको लागि उपयुक्त गन्तव्य हो,’ विज्ञप्तिमा भनिएको छ, ‘एमएडब्लू राइड्स अन्तर्गतको यामाहा नेपाल, नेपालको सबैभन्दा विश्वसनीय दुई पाङ्ग्रे ब्रान्डहरू मध्ये एक हो, जुन यसको अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन र ग्राहक सन्तुष्टिप्रति समर्पणको लागि परिचित छ । यामाहाले देशभरि उत्कृष्ट राइड अनुभव प्रदान गर्दै निरन्तर नवीनता र सेवाको सीमाहरू अगाडि बढाइरहेको छ ।’

You might also like

Comments are closed.