यामाहा नेपालद्वारा आयोजित नेसनल सर्भिस स्किल कन्टेस्ट २०८२ सम्पन्न

काठमाडौं । यामाहा नेपालले देशभरिका उत्कृष्ट यामाहा प्राविधिकहरूको उत्सवस्वरूप बहुप्रतिक्षित नेसनल सर्भिस स्किल कन्टेस्ट २०८२ सम्पन्न गरेको छ । देशैभर आयोजित क्षेत्रीय प्रतियोगिताबाट छनोट भएका दक्ष प्रविधिकहरू यो प्रतियोगितामा सहभागी भएका थिए । उनीहरुले यामाहाको सर्भिस नेटवर्कको उच्चतम स्तरको प्रतिनिधित्व गरेको कम्पनीले जनाएको छ ।

यामाहाको काठमाडौंस्थित तालिम केन्द्रमा राष्ट्रिय स्तरको प्रतियोगिता भएको हो । सहभागीहरूलाई यामाहाको प्रख्यात सेवा उत्कृष्टताको लागि आवश्यक पर्ने विस्तृत दायराका सीपहरूको परीक्षण गर्न प्रतियोगिता डिजाइन गरिएको थियो। प्रतियोगितामा सहभागीहरूले प्राविधिक परीक्षण, यान्त्रिक मूल्याङ्कन, समस्याको पहिचान गर्ने च्यालेन्जहरू, लिखित परीक्षा र भाइभा लगायतका चरणहरू पार गरेका थिए । जसले उनीहरूको गहिरो ज्ञान, प्रविधिक दक्षता र सटीकताको लागि समर्पणलाई देखाउने प्लेटफर्म प्रदान ग¥यो ।

प्रतियोगितामा बी एन्ड बी अटो ट्रेडर्स बिराटचोकका सुकदेव कुमार माझी विजयी भएका छन् । प्रथम उपविजेतामा तिरुपति अटो प्यालेस विराटनगरका रोनित श्रेष्ठ बनेका छन् । त्यस्तै जेएस अटोमोबाइल्स प्रा. लि. सतुंगलका सागर त्वाती र जी.एस.एस. ट्रेडर्स लम्कीका बिनोद चौधरी दोस्रो बिजेता बनेका छन् ।

उत्कृष्ट प्राविधिकहरूले यामाहाको सेवा प्रतिवद्धताप्रति आफ्नो समर्पण प्रमाणित गर्न सफल भएको एमएडब्लु राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवालले बताए । ‘यामाहा एउटा ब्रान्ड मात्र होइन, यो नवीनता, प्रदर्शन र सटीकताले भरिएको उच्च प्रविधियुक्त मोबिलिटी समाधान हो । हरेक उत्कृष्ट यामाहा अनुभवको पछाडि एउटा दक्ष प्रविधिक हुन्छ, जसले हरेक यात्रा सहज र सुरक्षित बनाउँछ,’ उनले भने, ‘जनशक्तिमा लगानी गर्न दृढ रहँदै हामी उनीहरूलाई सही उपकरण, तालिम र अवसरहरू प्रदान गरेर सक्षम बनाउँदैछौं । यो प्रतियोगिता ग्राहक सन्तुष्टि र ब्रान्डप्रतिको विश्वासको आधार सक्षम जनशक्ति नै हो भन्ने हाम्रो विश्वासको प्रमाण हो ।’

You might also like
Ram Tulasi Palpa

Comments are closed.