यामाहाले ‘ब्लूशिफ्ट’ अभियानमार्फत मोटो जीपीमा आफ्नो महत्वाकांक्षा पुनःजागृत गर्दै

काठमाडौं ।

यामाहाले सन् २०२५ को मोटोजीपी सिजनका लागि आफ्नो नयाँ योजना “द ब्लू शिफ्ट” सार्वजनिक गरेको छ। यो परियोजनाले यामाहाको नयाँ रेसिङ दृष्टिकोणलाई उजागर गर्छ, जुन सहकार्य, नेतृत्व र दीर्घकालीन सोचमा आधारित छ। यामाहाको टिमले आफ्नो लिभरीलाई पुनः डिजाइन गर्दै विशेष निलो रङ प्रयोग गरेको छ, जसले फेरि एकपटक मोटोजीपीको शीर्ष स्थानमा फर्कने यसको उद्देश्यलाई झल्काउँछ।

यस वर्ष यामाहाले आफ्नो मोटोजीपी अपरेसनमा ठूलो संरचनात्मक परिवर्तन ल्याएको छ। पहिले एउटै प्रमुख नेतृत्वको मोडेल थियो भने अब जापानको हेडक्वार्टर र इटालीस्थित रेसिंग टिमबीच “जोइन्ट लिडरशिप” प्रणाली लागू गरिएको छ। पहिले एग्ली एकल लिडर थिए भने अब जापानबाट ताकाहिरो सुमी र इटालीबाट पाओलो पाभेसियोले साझा नेतृत्व गर्नेछन्। यसको लक्ष्य भनेको प्रविधि र स्थानीय समर्थन दुवैलाई एकीकृत गरेर समग्र रेसिंग प्रोजेक्टको बम्पर पर्फर्मेन्सलाई सुदृढ गर्नु हो। प्राविधिक पक्षमा काजुहिरो मासुदा प्रोजेक्ट लिडर, म्याक्स बार्टोलिनी टेक्निकल डाइरेक्टर र मायो मेरिगल्ली टिम डाइरेक्टरको भूमिकामा रहनेछन्।

उनीहरुले बाइकहरूको विकासको व्यवस्थापन र ट्र्याकमा प्रदर्शनलाई नियाल्ने छन्। जापानी टिमको समर्थन पक्ष इटालीका पाओलो पाभेसियो नेतृत्व गर्नेछन् भने खेलकुद सम्बन्धी विषयहरूमा माईयो मेरेगाली, इन्जिनियरिङका लागि मिकेले गड्डा र मार्केटिङको जिम्मेवारी विलियम फेभेरोले सम्हाल्नेछन्। लीन जार्भिसले समग्र टिमको सल्लाहकरको भूमिका निर्वाह गर्नेछन्।

सन् २०२५ मा यामाहाका दुई फ्याक्ट्री मोटोजीपी टिम हुनेछन् जहाँ मन्स्टर इनर्जी यामाहा मोटोजीपी टिम यथावत् रहनेछ, जसमा फाबियो क्वार्टारो र एलेक्स रिन्स राइडर हुनेछन्। नयाँ टिमको प्रिन्सिपलमा पाओलो पाभेसियो रहनेछन्। नयाँ टिम प्राइमा प्राम्याक यामाहा मोटोजीपीमा ज्याक मिलर र मिगुएल ओलिभेरा राइडर हुनेछन् र पाओलो क्याम्पिनोटी तथा जिनो बोर्सोइले टिम व्यवस्थापन सम्हाल्ने छन्। यी दुवै टिमबीच निकट सहकार्य रहनेछ र प्रदर्शन सुधार गर्न सिजनभर आपसमा डेटा आदानप्रदान हुनेछ।

यामाहाले मोटोटुमा पनि नयाँ BLU CRU प्राम्याक यामाहा मोटोटु टिम गठन गरेर रेसिङको सिँढी चढिरहेका युवा राइडरहरूको विकासमा सहयोग पुर्‍याउने योजना बनाएको छ। यस टिममा टोनी आर्बोलिनो र इजान गुएभारा राइडर हुनेछन् भने एलेक्स डि एन्जेलिस टिम म्यानेजर रहनेछन्।

यो सिजनका लागि यामाहाले अगस्तो फर्नान्डेज र क्याल क्रचलोलाई टेस्ट राइडरको रूपमा नियुक्त गरेको छ, यद्यपि क्रचलो हाल उपलब्ध छैनन्। पूर्व यामाहा मोटोजीपी राइडर एन्ड्रिया डोभिजिओसोले पनि टिम ज्वाइन गरेका छन र उनले परीक्षण र विकासलाई नियाल्ने छन्।

यामाहाले सबै फ्याक्ट्री टिमहरूमा एउटै निलो रङ प्रयोग गर्ने निर्णय गरेको छ, जसले एकता र साझा लक्ष्यको संकेत गर्दछ। अझ मजबुत संरचना, दुई मोटोजीपी टिम र एक मोटोटु टिमका साथ यामाहा सन् २०२५ को सिजनमा जित हासिल गर्न पूर्ण रूपमा तयार देखिन्छ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.