काठमाडौं । ‘यामाहा ब्लु फेस्ट’ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । फेस्टको उद्घाटन यामाहा नेपालले आफ्नो अधिकृत वितरक एम.ए.डब्लू. राइड्स प्रालि मार्फत बहुप्रतिक्षित वार्षिक कार्यक्रम अन्तर्गत फेस्ट आयोजना गरेको हो । एमएडब्लु ग्रुपका कार्यकारी अध्यक्ष विष्णुकुमार अग्रवालले एक कार्यक्रमबीच फेस्टको उद्घाटन गरेका छन् ।
आइतबार सुरु भएको फेस्ट २०८३ वैशाख ५ गतेसम्म (एक साता) काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ । फेस्टको उद्घाटन समारोहमा ब्रान्ड न्यू यामाहा एफजेड–एस न्यू जेनः लिड द नेक्स्ट सार्वजनिक भएको छ ।
आकर्षक अफरहरुसहित फेस्ट आयोजना भएको एम.ए.डब्लू राइड्स प्रालि का कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले जानकारी दिए । ‘फेस्टमा सहभागी भएर नयाँ यामाहा मोटरसाइकल खरिद गर्दा वा पुरानो जुनसुकै ब्राण्डको बाइक तथा स्कुटर एक्स्चेन्ज गरी नयाँ यामाहा खरिदमा ग्राहकले आकर्र्षक छुट, अफर तथा पुरस्कारको लाभ लिन सक्नेछन्,’ उनले भने ।
ब्लु फेस्टले मोटरसाइकल पारखी, आम मानिस तथा सम्भावित ग्राहकलाई यामाहाका अपग्रेड गरिएका नयाँ हाइ-टेक मोटरसाइकल तथा स्कुटरहरू नजिकबाट अवलोकन गर्ने अवसर प्रदान गर्नेछ । यस वर्ष ‘एक्सचेन्ज कार्निभल’को अनुभव पनि समावेश गरिएको छ । यसले ग्राहकलाई सजिलो र विश्वसनीय रूपमा आफ्नो सवारी अपग्रेड गर्न थप सहज बनाउने कम्पनीले विश्वस लिएको छ ।

पुरानो मोटरसाइकल तथा स्कुटरको बजार मूल्यभन्दा आकर्षक मूल्यांकन हुने जनाइएको छ । ५० भन्दा बढी व्यावसायिक रिकन्डिसन हाउसहरूको सहयोगमा अन–द–स्पट मूल्यांकन गराउन सकिनेछ ।
ग्राहकको पहुँच थप सहज बनाउन यामाहाले सरल र लचिलो फाइनान्सिङ सुविधा पनि उपलब्ध गराएको छ । ग्राहकले नागरिकतामार्फत अन–द–स्पट फाइनान्स सुविधा लिन सक्नेछन् । साथै ४० महिनासम्म विस्तार हुने सस्तो ईएमआई योजनाको लाभ पनि उठाउन सक्नेछन् । खरिदकर्ताहरूले रु. ५ लाखसम्मको क्यासब्याक अफर पनि पाउनेछन् । जसले यो समयलाई यामाहा दुईपाँग्रे सवारीमा लगानी गर्ने उत्कृष्ट अवसर बनाएको छ । साथै, नयाँ वर्षको ब्लु कोड अफर पनि कार्यक्रम अवधिभर लागू हुनेछ ।

‘यामाहा ब्लु फेस्ट इनोभेसन र नेपाली ग्राहकसँगको हाम्रो सम्बन्धको उत्सव हो । यो ग्राहकको लागि हाम्रो अपग्रेड गरिएको हाइ–टेक मोटरसाइकलको अनुभव लिने र यसलाई खरिद गरी नयाँ यात्राको सुरुवात गर्ने अवसर हो,’ दीपक अग्रवालले भने ।
खरिद अनुभवका अलावा ब्लु फेस्टमा मनोरञ्जन कार्यक्रम पनि समावेश छ । रमाइलो स्टन्ट शो, टप राइडर, क्रिएटर र सेलिब्रिटीहरूसँग भेटघाट गर्ने मौका पाउनुका साथै आकर्षक कस्प्ले प्रस्तुति पनि हेर्न सकिनेछ । कार्यक्रम अवधिभर आकर्षक डुअर प्राइज र निःशुल्क एसेसरीजहरू पनि उपलब्ध हुने जनाइएको छ ।






Comments are closed.