यामाहाको ७१ औं वार्षिकोत्सवमा विद्यार्थीको अभिभावकत्व ग्रहण

चितवन । विश्व प्रसिद्ध Two Wheeler मोटरसाइकल तथा स्कुटरको निर्माता यामाहाको ७१ औं वार्षिक उत्सव’ यामाहा डे’ 2026 जुलाई १ मा सम्पन्न गरेको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित कार्यक्रममा विभिन्न व्यवसाय क्षेत्रका प्रतिनिधि, यामाहाका ग्राहक वर्ग तथा अटामोवाइल्सका प्रतिनिधिको उपस्थितीमा यामाहाको ७१ औं वार्षिक उत्सव सम्पन्न भएको हो ।

श्री धर्मेश्वर आधारभूत विद्यालयमा अध्ययनरत कक्षा नर्सरी १, के जी १, २,३,४,४,५ गरी ७ जना विपन्न, अभिभावकविहिन तथा जेहेन्दार बालबालिकाको कक्षा १२ सम्म अध्यापनका लागी शैक्षिक सामाग्री हस्तान्तरण गर्दै अभिभावकत्व ग्रहण गर्नुका साथै १६ बर्षदेखी ४० बर्षसम्म यामाहालाई सारथी बनाई यात्रा गरिरहेका ६ जना १ लाखदेखी २ लाख किलोमिटरसम्म यामाहालाई सारथी बनाई यात्रा गर्ने ५ जनालाई तथा पुर्वी चितवन स्थित पहिलो रिकन्डिसन सञ्चालन गर्ने व्यवसायी, ३२ वर्ष मेकानिक क्षेत्रमा कार्यरत रहि व्यवसाय समेत सञ्चालन गर्दै आएका मेकानिक ३ जनालाई कदर पत्रसहित सम्मान सो कार्यक्रमका कालिका मोटरसाइकल पार्ट्सका प्रबन्ध निर्देशक उत्तम अधिकारीको अध्यक्षता सञ्चालन भएको थियो ।

त्यसैगरी प्रमुख अतिथी खैरहनी चम्बर अफ कमर्शका अध्यक्ष प्रकाश श्रेष्ठ, विशिष्ट अतिथी सामाजिक अभियन्ता मुरली प्रसाद गजुरेल, अतिथी सामाजिक अभियन्ता अनिता मैनाली र श्री धर्मेश्वर आधारभूत विद्यालयका शिक्षक लाल प्रसाद लम्साल लगायतले बोलेका थिए । कार्यक्रम समापन टाँडी शाखा प्रमुख राम चन्द्र कोइरालाले गरेका थिए ।

 

You might also like

Comments are closed.