काठमाडौं । भदौ १० गते भोटेकोशी नदीको बाढीबाट प्रभावित भएकाहरुलाई राहत, उद्धार तथा पुनर्स्थापनाका लागि देशभरका यामाहा डिलरको तर्फबाट रकम जम्मा गरिएको छ ।
यामाहा डिलरको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको डिलर प्रतिनिधि मिलन बाबु मल्लले जानकारी दिए ।
विपद्मा परेका नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले डिलर प्रतिनिधि मल्लले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर सो बराबरको सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्। विपद्को घडीमा पीडित नागरिकप्रति ऐक्यबद्धता जनाउने प्रयास भएको मल्ले बताए।




Comments are closed.