काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा असोज ५ गतेदेखि १० गतेसम्म मा ‘यामाहा ब्लु फेस्ट’ हुने भएको छ । फेस्टमा ग्राहकले यामाहाका विभिन्न दुईपांग्रे सवारीसाधन अवलोकन तथा खरिदका साथै स्पट एक्सचेन्ज, सहज फाइनान्स, निःशुल्क एसेसरिज तथा आकर्षक अफर प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार फेस्टमा पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ यामाहा खरिद गर्ने ग्राहकले १० लाख रुपैयाँसम्मको क्यासब्याक पाउने अवसर रहेको छ। त्यस्तै, फेस्ट अवधिमा खरिद गर्ने ग्राहकलाई विभिन्न अफर तथा निःशुल्क एसेसरिजको सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
ब्लु फेस्टमा यामाहाका नवीनतम हाई–टेक दुईपांग्रे सवारीसाधन प्रदर्शन गरिनेछ। ग्राहकले यामाहाका विभिन्न मोडलको प्रविधि, डिजाइन र कार्यक्षमताबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन् ।
यसैगरी, हरेक साता स्टाइलिस हाई–टेक ग्याजेट जित्ने अवसर समेत रहेको कम्पनीले जनाएको छ। फेस्टमा एक्सचेन्ज, अपग्रेड र फाइनान्सका विभिन्न विकल्पमार्फत ग्राहकलाई नयाँ यामाहा सवारीसाधन खरिदको अवसर प्रदान गरिने बताइएको छ।




Comments are closed.