यामाहा एक्स्चेन्ज मेलामा ५ जनाले पाए सुनको सिक्का, दर्शकको आकर्षण

काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा जारी यामाहा एक्स्चेन्ज मेलामा ५ जनाले सुनको सिक्का उपहार पाएका छन् । यामाहाको बाइक तथा स्कुटरको नेपालको एकमात्र आधिकारिक बिक्रेता एमएडब्ल्यु इन्टरप्राइजेजले आयोजना गरेको मेलामा बुधबारसम्म ५ जनाले सुनको सिक्का उपहार प्राप्त गर्न सफल भएको प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले जानकारी दिए ।

मेलामा सहभागी भएर टेष्ट ड्राइभ गर्ने दर्शकहरु मध्येबाट लक्की ड्रका माध्यमबाट दिनमा १ जनाले सुनको सिक्का उपहार प्राप्त गरेका हुन् । हालसम्म गोर्खाका रमिल कर्ण, पिंगलास्थानका आशिष पञ्जियार, बुद्धनगरका केशव पौडेल, चाबहिलका पदम सुन्दर शेर्पा र जगतीका राजेश कोजूले सुनको सिक्का प्राप्त गर्न सफल भएको मार्केटिङ म्यानेजर प्रशान्त राजभण्डारीले जानकारी दिए ।

असोज ८ गतेबाट जारी मेला १७ गते शुक्रबारसम्म चल्नेछ । अब ३ जनाले सुनको सिक्का प्राप्त गर्नेछन् । सुनको सिक्का लगायत दर्शकहरुले हेलमेट लगायत अन्य उपहारहरु पनि जित्न सफल भएका छन् ।

मेलामा युवाहरुको आकर्षण देखिएको छ । ‘बुधबारसम्म मेलामा दर्शकहरुको उत्साहजनक सहभागिता रह्यो,’ प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले भने, ‘मेलाको बाँकी अवधि बिहीबार र शुक्रबार दर्शकको अझै भिड लाग्नेमा हामी विश्वस्त छौं ।’ अन्य ब्राण्डका पुराना मोटरसाइकल तथा स्कुटर एक्स्चेन्ज गरेर नयाँ यामाहा चढ्नेहरुको आकर्षण देखिएको कम्पनीले जनाएको छ ।

मेलामा मंगलबार यामाहाको बिएस६ भर्सनको एमटी–१५ बाइक सार्वजनिक गरिएको थियो । सार्वजनिक भएको नयाँ बाइक बुकिङ गर्न र टेष्ट ड्राइभ गर्न धेरै युवाहरुका आकर्षित भएको कम्पनीले जनाएको छ ।

lcci
You might also like

Comments are closed.