काठमाडौं । यामाहा नेपाल (एमएडब्लू राइड्स प्रा. लि.) ले देशभरका यामाहा राइडरहरूको सन्तुष्टि र सुरक्षालाई प्राथमिकता दिँदै “यामाहा ब्लू क्याम्प” नामक एक हप्ता लामो राष्ट्रिय सर्भिस अभियानको घोषणा गरेको छ, जुन मंसिर २१ देखि २७ गतेसम्म (डिसेम्बर ७–१३) नेपालभरका सबै आधिकारिक यामाहा सर्भिस सेन्टरहरूमा सञ्चालन हुनेछ ।
उत्कृष्ट आफ्टर-सेल्स सपोर्ट प्रदान गर्ने यामाहाको प्रतिबद्धताअनुरूप सुरु गरिएको यो अभियानमार्फत ग्राहकहरूले बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म निःशुल्क बाइक वाश, १५-प्वाइन्ट विस्तृत चेकअप, यामाल्युबमा १५% छुट, स्पेयर पार्ट्समा १०% छुट, लेबर चार्जमा ५०% छुट तथा निःशुल्क एएमसी कार्ड जस्ता आकर्षक सेवा र सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।
त्यस्तै, सातै दिन दैनिक एक जना भाग्यशाली ग्राहकले आफ्नो कुल मर्मत बिलमा १००% क्यासब्याक प्राप्त गर्ने विशेष अफरले अभियानलाई झनै रोमाञ्चक बनाएको छ। ग्राहक शिक्षालाई ध्यानमा राख्दै ‘नो योर बाइक’ सेसनमार्फत प्राविधिक प्रमुखहरूले प्रत्येक ग्राहकलाई आफ्नो बाइक वा स्कुटरको मर्मत–सम्भार, दक्ष उपयोग र प्राविधिक पक्षबारे विस्तृत जानकारी प्रदान गर्नेछन् भने ‘सेफ्टी राइड सेसन’ले सुरक्षित सवारीका व्यावहारिक सुझावहरू दिनेछ ।
साथै, एएमसी खरिदमा विशेष अफर, सरप्राइज गिफ्टहरू र अनलाइन बुकिङमार्फत यामाहा एक्सप्रेस सर्भिस पाउने सुविधा पनि उपलब्ध छ, जसले अग्रिम बुकिङ गर्ने ग्राहकहरूलाई प्राथमिकता र सहज सेवा सुनिश्चित गर्छ। यामाहा नेपालका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालका अनुसार, “यामाहा ब्लू क्याम्प ग्राहकहरूको सुरक्षा, सन्तुष्टि र मानसिक शान्ति सुनिश्चित गर्दै उनीहरूलाई उत्कृष्ट, विश्वसनीय र तनावमुक्त सर्भिस अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धताको प्रतीक” हो ।
अत्याधुनिक जापानी इन्जिनियरिङ र देशव्यापी सेवा पहुँचमा निरन्तर ध्यान केन्द्रित गर्दै यामाहा नेपालले “यामाहा ब्लू क्याम्प”लाई ग्राहकसँगको सम्बन्धलाई अझ मजबुत बनाउने महत्वपूर्ण कदमका रूपमा प्रस्तुत गरेको छ।





Comments are closed.