काठमाडौं । ललितपुरको लगनखेल बसपार्कमा रहेको रिसिक अटोमोवाइल्स प्रालिमा यामाहा ब्लुफेस्ट सुरु भएको छ । ग्राहकलाई मध्यनजर गर्दै आज शुरु भएको यामाहा ब्लु फेस्ट असार १७ गतेसम्म चल्ने छ ।
। यामाहाका मोटरसाइकल एक्स्चेन्ज, फाइनान्स एण्ड एक्स्पेरिएसन्स जस्ता सुबिधा फेस्टमा उपलब्ध छन् । ब्लुफेस्टमा यामाहाका कुनैपनि पूरानो मोटरसाइकल तथा स्कुटर एक्स्चेन्ज गर्दा न्युनतम भ्यालुएसन ५० हजार प्राप्त हुनेछ भने अन्य जुनसुकै ब्राण्डमा कम्तीमा २५ हजार मूल्याङ्कन हुनेछ । १० हजार रुपैयाँ थप मूल्याङ्कनको सुविधासहित ६ हजार रुपैयाँ नगद छुट पनि प्रदान हुनेछ ।
फ्रि एसेसरिजसहित एक वर्षको रोड ट्याक्स पनि निःशुल्क हुनेछ । ७.९९ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा पनि उपलब्ध हुने बताइएको छ ।
Comments are closed.