काठमाडौंको बुढानीलकण्ठमा यामाहाको नयाँ ‘थ्रिएस’ शोरूम उद्घाटन

काठमाडौं । बुढानीलकण्ठस्थित इटालिटार, गणेश चोकमा यामाहा नेपालले नयाँ ‘थ्रि एस’ शोरूम ‘व्हिलिश ग्यालोर प्रा.लि.’ उद्घाटन गरेको छ । यामाहा नेपालको यो १०३औँ शोरूम हो ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका यातायात मन्त्री जयराम थापाले शोरुमको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, उपमेयर अनीता लामा तथा एमएडब्लू राइड्स प्रा.लि.का कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवाल लगायतको उपस्थिति थियो ।

नयाँ शोरूममा बिक्री (सेल्स), सेवा (सर्भिस) र स्पेयर पाट्र्स एउटै छानामुनि उपलब्ध गराइएको छ । जसले बुढानीलकण्ठ तथा आसपासका राइडरहरूलाई आवश्यक सबै सेवाहरू एउटै स्थानमा सहज रूपमा प्राप्त गर्न सहयोग गर्नेछ । दक्ष जनशक्ति र आधुनिक पूर्वाधारसहित स्थापना गरिएको व्हिलिश ग्यालोर प्रा. लि. ले ग्राहकलाई हरेक पटक सहज र भरपर्दो सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।

कार्यक्रममा बोल्द सिइओ अग्रवालले बुढानीलकण्ठमा स्थापित नयाँ शोरुमले यामाहाको अझ धेरै ग्राहकसम्म पहुँच पर्याएको बताए । ‘गुणस्तरीय सेवा सहज रूपमा उपलब्ध गराउने प्रतिबद्धतामा यामाहा सधैं अग्रणी छ,’ उनले भने, ‘प्रत्येक नयाँ आउटलेटले नेपालभर सशक्त र संगठित सञ्जाल निर्माणतर्फको हाम्रो प्रयासलाई अगाडि बढाउँछ ।’

एमएडब्लू राइड्स अन्तर्गत सञ्चालन भइरहेको यामाहा नेपालले गुणस्तर, विश्वसनीयता र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै आफूहरुले सेवा प्रदान गर्ने व्हिलिश ग्यालोर प्रा.लि.का सञ्चालक भुवेश खड्काले बताए । कार्यक्रममा सञ्चालक भुवेशका १०६ वर्षीय हजुरबुवाको समेत उपस्थिति थियो ।

You might also like

Comments are closed.