यामाहा रेसिङ ‘ब्लु फेस्ट’ सुरु, यस्ता छन् आर्कषक अफरहरु

काठमाडौं ।  काठमाडौंको हात्तीसार स्थित जय नेपाल सिनेमा हल मायामाहा रेसिङ “ब्लु फेस्ट” सुरु भएको छ । आइतबार सुरु भएको ‘Exchange, Finance & Experience’ भन्ने  नारासहितको यो अभियानमा ग्राहकले आफ्नो पुरानो बाइक सजिलै साटेर नयाँ यामाहा बाइक खरिद गर्न सक्नेछन् ।

यस अभियान अन्तर्गत यामाहा बाइकको न्यूनतम मूल्यांकन ५० हजार रुपैयाँ हुने व्यवस्था गरिएको छ भने अन्य ब्रान्डका बाइकको न्यूनतम मूल्यांकन २५ हजार रुपैयाँ हुने बताइएको छ । अन्य ब्रान्डको बाइक एक्सचेन्ज गर्न चाहने ग्राहकले भने कर क्लियरेन्स अनिवार्य गर्नुपर्नेछ । साथै, थप मूल्याङ्कनमा १० हजार रुपैयाँ अतिरिक्त सुविधा पनि उपलब्ध हुनेछ ।

कार्यक्रममा सहभागी हुने ग्राहकले जुनसुकै ब्रान्ड र मोडेलको बाइक एक्सचेन्ज गर्न सक्नेछन् । निःशुल्क हेलमेट, सहज वित्तीय सुविधा, ७.९९% ब्याजदरमा फाइनान्सिङको व्यवस्था गरिएको छ । यामाहाले “राइड द ब्लु रोडिज” अभियानमार्फत १० हजार रुपैयाँ नगद छुटको सुविधा पनि दिएको छ ।

यामाहाले ७० वर्षको आफ्नो सफल यात्रालाई उत्सवमय बनाउन यो कार्यक्रम ल्याएको जनाएको छ । यस एक्सचेन्ज महोत्सव भाद्र २२ देखि २७ गतेसम्म सञ्चालन हुनेछ ।

You might also like

Comments are closed.