प्रहरीलाई यामाहाको २ वटा मोटरसाइकल सहयोग

काठमाडौं । नेपाल प्रहरीलाई यामाहाको २ वटा मोटरसाइकल हस्तान्तरण गरिएको छ । यामाहाको आधिकारिक बिक्रेता एम.ए.डब्लु. इन्टरप्राइजेजले सामाजिक उत्तरदायित्व बहन गर्दै मोटरसाइकल हस्तान्तरण गरेको हो ।

राजधानी काठमाडौंको शान्ति सुरक्षामा खटिने प्रहरीको गस्तिका लागि याहामाले मोटरसाइकल सहयोग गरेको हो । एम.ए.डब्लु. इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले काठमाडौं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंह र प्रहरी नायव उपरीक्षक अपिल राज बोहोरालाई मोटरसाइकलको चावी हस्तान्तरण गरेका हुन् ।

काठमाडौं भित्रको शान्ति सुरक्षामा सहयोग पुर्याउने उद्देश्यले मोटरसाइकल सहयोग प्राप्त भएकोमा प्रमुख अतिथि प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले यामाहा कम्पनीप्रति आभार व्यक्त गरे । सामाजिक उत्तरदायित्व बहन गर्दै प्रहरीलाई सहयोग गर्न पाउँदा खुसी लागेको एम.ए.डब्लु. इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले बताए ।

MANASLU

You might also like

Comments are closed.