काठमाडौं । काठमाडौं उपत्यकामा रातको समयमा सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको संयुक्त बैठकले राति ८ बजेपछि सवारीसाधन चलाउन रोक लगाएको हो ।
कोभिडको जोखिम बढेसँगै राजधानीमा निशेधाज्ञाको समय समेत भदौ ८ गतेसम्म थप गरिएको छ । अत्यावश्यक सवारी साधन भने चौविसै घन्टा निर्वाध चल्ने प्रशासनले जनाएको छ ।
Comments are closed.