बिभागीय मन्त्रीको प्रतिबद्धतापछि यातायात घरग्यारेजमा थन्क्याउने कार्यक्रम स्थगित

पोखरा । गण्डकी प्रदेशका यातायात व्यवसायीले साउन २२ गतेबाट घरग्यारेजमा सार्वजनिक यातायात थन्क्याउने निर्णय स्थगित गरेका छन् । गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्री कुमार खड्काले समस्याको समाधान वार्ताबाट गर्ने प्रतिबद्धता जनाएसँगै आन्दोलन स्थगित भएको हो ।

मन्त्री खड्कासँग नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष विजयबहादुर स्वाँर, मदजुर संगठनका प्रतिनिधि तथा यातायात व्यवसायीहरुसहितको बैठक शनिबार साँझ बसेको थियो । कर, जरिवानालगायत यातायात क्षेत्रमा भएका समस्याका सन्दर्भमा छलफलबाट समाधान गर्ने मन्त्री खड्काले प्रतिबद्धता जनाएको महासंघ ट्याक्सीतर्फका वर्गीय संयोजक प्रकाशमणि तिवारीले जानकारी दिए ।

‘बिभागीय मन्त्रीले छलफलबाट छिट्टै समस्याको समाधान गर्ने प्रतिबद्धता जनाएकाले गाडी घर ग्यारेजमा राख्ने कार्यक्रम तथा आन्दोलनका कार्यक्रम तत्काललाई स्थगित भएको छ,’ उनले भने । प्रदेश सरकार यथासिघ्र माग सम्बोधन गर्न सहमत भएपछि यातायात सेवा निरन्तर सूचारु रहने पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले जानकारी दिए ।

MANASLU

कर बृद्धि फिर्ता लगायतका मागसहित व्यवसायीले आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए । माग पुरा नभए पुन आन्दोलनमा उत्रदै सेवा बन्द गर्न बाध्य हुने परिस्थिति आउने भएकाले तत्काल समस्याको समाधान गर्नुपर्ने केसीको भनाइ छ ।

You might also like

Comments are closed.