काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्व टोलीले यातायात साधनमा यान्त्रिक परीक्षणका आधारमा २० वर्षे नीति कार्यान्वयन गर्न माग गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र मन्त्रालयका सचिव ई. केशवकुमार शर्मालाई भेटेर टोलीले उक्त माग गरेको टोलीमा सहभागी ट्याक्सीतर्फ वर्गीय संयोजक प्रकाशमणि तिवारीले जानकारी दिए ।
‘२० वर्षे पुराना सवारी साधनलाई यान्त्रिक परीक्षण गरी सवारीको अवस्था हेरेर मात्रै सञ्चालन गर्न सकिने व्यवस्था गर्नुपर्छ भन्ने हाम्रो माग हो,’ तिवारीले भने । उक्त टोलीले नेपालको यातायात क्षेत्रलाई व्यवस्थित, भरपर्दो र मर्यादित बनाउनसमेत माग गरेको छ ।
उक्त अवसरमा बोल्दै मन्त्री श्रेष्ठले यातायातलाई व्यवस्थित गर्नका लागि मन्त्रालय प्रयासरत रहेको बताएका छन् । महासंघका प्रमुख सल्लाहकार योगेन्द्रनाथ कर्माचार्यसहित विभिन्न पदाधिकारी तथा सदस्यहरु भेटमा सहभागी थिए ।
Comments are closed.