काठमाडौं । सार्वजनिक यातायातको भाडादर बृद्धि भएको छ । असार २९ गतेबाट लागु हुने गरी भाडा बृद्धि गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।
यात्रुबहाक सवारी साधनमा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबहाक सवारीमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबहाक सवारीमा २० प्रतिशतले भाडा बृद्धि भएको छ ।
वैज्ञानिक भाडादर कायम गर्न अध्ययन गरी प्रतिवेदन पेस भए अनुसार सरकारले २०७७ असार २७ गते मन्त्री स्तरीय निर्णयबाट नयाँ भाडादर कायम गरेको विभागले जनाएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अथक प्रयासपछि भाडा बृद्धि भएको महासचिव सरोज सिटौलाले बताए ।
Comments are closed.