खनाल नेतृत्वको सार्वजनिक यातायात केन्द्रीय महासंघको पदस्थापन

काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको पदस्थापन तथा सपथग्रहण शनिबार सम्पन्न भएको छ । यातायात व्यवसायी डोलनाथ खनालको नेतृत्वमा गत जेठमा पुनर्गठन गरिएको महासंघको नेतृत्वको पदस्थापन गराइएको हो ।

महासंघको प्रमुख संरक्षकमा होमप्रसाद अधिकारी, सहअध्यक्षमा किरणकुमार रिजाल, वरिष्ठ उपाध्यक्षमा भरत तिमिल्सिना, हेमेन्द्र शेरचन, निरकुमार कार्की रहेका छन् । उपाध्यक्षमा मिनबहादुर मानन्धर, कान्छाराम थिङ, दिवाकर पौडेल, पुष्पधन शाक्य, नवराज सिंह, गणेशलाल श्रेष्ठ, सरोज खनाल रहेका छन् ।

महासचिवमा भरत नेपाल, उपमहासचिवमा कुमार थापा, रामहरि श्रेष्ठ, केशव नेपाल छन् भने सचिवमा लबकुमार केसी, महेश्वर महर्जन, अरुण श्रेष्ठ, गान्धीराज गिरी, आत्मराम थापा रहेका छन् । कोषाध्यक्षमा धर्मराज रिमाल, सहकोषाध्यक्ष भुवन बराल, ज्ञानेन्द्र कुमार श्रेष्ठ छन् । वरिष्ठ व्यवसायीमा केशवप्रसाद अधिकारी र मधुसुधन अधिकारीसहित ९ वटा वर्गीय संयोजकसहितको १ सय १ जनाको समितिको पदस्थापन गराइएको अध्यक्ष खनालले आर्थिक आवाजलाई जानकारी दिए ।

बागमती प्रदेश कमिटिको अध्यक्षमा चिनीबहादुर बोहरा र काठमाडौं उपत्यका विशेष प्रदेश कमिटि अध्यक्षमा दीपक राना रहेका छन् । महासंघको सल्लाहकारमा सोमप्रसाद तुलाचन, रामप्रसाद भट्टराई, वसन्तबहादुर बस्नेत, के बि सम्राट र उत्तम भट्ट रहेको छन् । शनिबार एक कार्यक्रमबीच संरक्षक होमप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो भने अधिवक्ता तथा निर्वाचन अधिकृत वसन्तबहादुर बस्नेतले सपथग्रहण तथा पदस्थापन गराएका हुन् ।

महासंघमा देशभर रहेका ३ सय ९७ कम्पनीहरु आबद्ध भइसकेका र ४० वटा कम्पनी आबद्ध हुने क्रममा रहेको उपाध्यक्ष भरत तिमिल्सिनाले जानकारी दिए ।

देशभर रहेका यातायात व्यवसायसँग सम्बन्धित कम्पनीलाई महासंघमा आबद्ध बनाउँदै व्यवसायको हितमा सरकारसँग समन्वय गर्ने अध्यक्ष खनालले प्रतिबद्धता व्यक्त गरेका छन् । नीति निर्माणमा परिवर्तन ल्याउने र व्यवसाय र व्यवसायीको संरक्षण गर्ने गरी काम गर्ने उनले बताए । ‘यातायात व्यवसायका सन्दर्भमा धेरै समस्याहरु छन्,’ उनले भने, ‘हामी व्यवसायी तथा कम्पनीहरुलाई महासंघमा आबद्ध गर्दै व्यावसायिक हितमा सक्रियताका साथ काम गर्नेछौं ।’

You might also like
Ram Tulasi Palpa

Comments are closed.