सार्वजनिक यातायातको मर्मतसम्भारका लागि थप दुई लाखसम्मको ऋणको व्यवस्था

काठमाडौं । कोरोनाले समस्यामा पारेको सार्वजनिक यातायातको मर्मतसम्भारका लागि थप रु दुई लाखसम्मको ऋण दिने व्यवस्था गरिएको छ ।
नेपाल राष्ट्र बैंकद्वारा शुक्रबार सार्वजनिक गरिएको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा यो व्यवस्था गरिएको हो ।

कोरोना महामारीका कारण लामो समय लकडाउन हुँदा बन्द रहेको यातायात व्यवसायलाई यो व्यवस्थाले राहत हुने विश्वास गरिएको छ ।

यस्तै विप्रेषण बैंक तथा वित्तीय संस्थामा राखेको अवस्थामा थप ब्याज पाउने नयाँ व्यवस्था नीतिमा गरिएको छ । गभर्नर अधिकारीका अनुसार विप्रेषण रकम बैंकिङ प्रणालीमा राखिएको सन्दर्भमा हाल पाउने ब्याजदरमा थप एक प्रतिशत बढी पाउने व्यवस्था गरिएको छ ।

jutta mela

You might also like

Comments are closed.